सागर केरुङ निर्देशित लिम्बू चलचित्र ‘के’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङ निर्देशित लिम्बू चलचित्र ‘के’ सार्वजनिक(भिडियो सहित)

भदौ १, काठमाडौं । कलाकार तथा निर्देशक सागर केरुङको लेखन, निर्देशन र निर्माण रहेको लिम्बू चलचित्र ‘के’ सार्वजनिक गरिएको छ ।

लिम्बू कला संस्कृति र मौलिक बाजा ‘के’ सम्बन्धी मौलिक कथा प्रस्तुत गरिएको चलचित्र ‘के’ याक्थुङ फिल्मस् प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्मस्बाट शुक्रबार सार्वजनिक गरिएको हो ।

याक्थुङ फिल्मस्द्वारा निर्मित चलचित्र ‘के’ ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट चलचित्र अवार्ड, नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्डमा उत्कृष्ट कथा अवार्ड, उत्कृष्ट लेखन÷निर्देशन अवार्ड, जोमोगान अवार्ड थाइल्यान्डमा जोमो अवार्ड, उत्कृष्ट सोसियल मिडिया फिल्म अवार्ड लगायत पुरस्कारहरू प्राप्त गरिसकेको छ ।

चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङ्बुङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, दिपक खनाल लगायतले अभिनय गरेका छन् भने सञ्जय आचार्यको छायांकन, प्रनिश लिम्बुको सम्पादन, टाइसन केरुङ र बुद्धराज लिम्बू निर्माता रहेका छन ।

चलचित्र हेर्नुहोस्…

सम्बन्धित खवर