प्रीतम बने मेरो भ्वाइस युनिभर्स र खुशी बनिन् मेरो डान्स युनिभर्स - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रीतम बने मेरो भ्वाइस युनिभर्स र खुशी बनिन् मेरो डान्स युनिभर्स

भदौ ३, काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली सिङ्गिङ् रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि भारत सिक्किमका प्रीतम राईले जितेका छनु भने, अन्तर्राष्ट्रिय नेपाली डान्सिङ रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेकी छन् ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार राति ललितपुरको गोदावरीमा भएको ग्रान्ड फिनालेबाट उपाधि जितेसँगै दुबैजनाले नगद रु एक÷एक करोड प्राप्त गरेका छन् ।

फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । यस्तै ‘मेरो भ्वाइस युनिभर्स’को फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनरअपमा क्रमशः शिशिर ठटाल, शरद हुमागाई, परेश राई र साइराज खाति भएका छन् ।

यसैगरि ‘मेरो डान्स युनिभर्स’को फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनरअपमा क्रमशः देबि गर्वुजा मगर, मिङमा डि लेप्चा, स्वस्तिक अर्याल र नेशन सुस्लिङ मगर भएका छन् । बिजेताहरुलाई प्रधानमन्त्री प्रचण्डले पुरस्कार प्रदान गरेका थिए ।

यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।

फिनालेमा प्रधानमन्त्री प्रचण्ड सँगै सभामुख देवराज घिमिरेलगायत नेपाल सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरु र सिक्किम सरकारका मन्त्रीको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खवर