हाङको निर्देशनमा इन्द्रशुसिल र कञ्चनको ‘परदेशी मायाले’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा इन्द्रशुसिल र कञ्चनको ‘परदेशी मायाले’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ४, काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको आँसु र बेदनाले भरिएको मर्मस्पर्शि गीत ‘परदेशी मायाले’ सार्वजनिक गरिएको छ ।

गीतकार एस.पी. निङलेकुको शव्द संकलन र गायक तथा संगीतकार राजु आङदेम्बेको लय संकलनमा गायक इन्द्रशुसिल लिम्बू र गायिका कञ्चन नाछिरिङको सुमधुर आवाज रहेको पुर्वेली गीत ‘परदेशी मायाले’को भिडियो सार्वजनिक गरिएको हो ।

परिवार र मायालुसँग परदेशीनुको दुख पिडालाई यथार्थ परक प्रस्तुत गरिएको भिडियोमा सन्ध्या फियाक, सविन डाँगी र इन्द्रशुसिल लिम्बूले अभिनय गरेका छन् ।

सरिता नाछिरिणको निर्माणमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा सुनिता किरातीको मेकअप रहेको छ ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङमा किङग् स्टसडियोमा सुरेश राईले रेकर्डिङ गरेको गीतको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस..

सम्बन्धित खवर