द भ्वाइस किड्स स्पन्दन सुब्बाको ‘धन्यबाद हजुरहरुलाई’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भ्वाइस किड्स स्पन्दन सुब्बाको ‘धन्यबाद हजुरहरुलाई’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ४, काठमाडौं । द भ्वाइस अफ किड्स नेपाल सिजन २ का बिजेत स्पन्दन आङबो सुब्बाको सुमधुर आवाजमा सजिएको बिल्कुलाई नयाँ गीत ‘धन्यबाद हजुरहरुलाई’ सार्वजनिक गरिएको छ ।

गीतकार पदम साधना कुलुङको शव्द तथा गायक तथा संगीतकार दिप्सन लिम्बू(दिलन)को संगीतमा गायक दिप्सन लिम्बूको समेत आवाज रहेको गीत ‘धन्यबाद हजुरहरुलाई’को भिडियो सार्वजनिक गरिएको हो ।

बिजय मगरको निर्देशन रहेको भिडियोमा लक्ष्मी योङहाङ, सुरेश आङबो, सृष्टि खड्की, स्पन्दन आङबो सुब्बा र दिप्सन लिम्बूले अभिनय गरेका छन् ।

सनम तामाङको छायांकन, बिष्णु कार्कीको मेकअप तथा अर्जुन खड्काको सम्पादन तथा कलर रहेको भिडियोमा दामी क्रिएशनको पोष्ट प्रडक्शन रहेको छ ।

रोशन बालुवाको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

स्पन्दन आङबो सुव्वाको साँगितिक सुरुवातको यात्रा र द भ्वाइस अफ किड्स सिजन २ को बिजेता भई पाएको सफलताको संघर्ष अनि सफल बनाउनुहुने सहयोगी हातहरुमा आभार व्यक्त गरिएको कथा प्रस्तुत गरिएको भिडियो गायक दिप्सन लिम्बू(दिलन) अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर