लिम्बू संस्कृति उजागर गरिएको लोपनमुख साम्लो ‘ताम्के’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू संस्कृति उजागर गरिएको लोपनमुख साम्लो ‘ताम्के’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ५, काठमाडौं । गायक भक्ति आङदेम्बेको शव्द तथा लय संकलनमा भक्ति आङदेम्बे र गायिका निरन्ता नेम्बाङको आवाजमा लिम्बू संस्कृतिमा आधारित लोपनमुख साम्लो ‘ताम्के’ सार्वजनिक गरिएको छ ।

बिशेषत बारीमा मकै छरिसकेपछि एकोहोेरो र दोहोरो मकै गोड्दा थाकेको महसुस नहोस अनि कुटो कुदालोमा लागेको माटोलाई ठ्याङ ठ्याङ हिर्काएर झार्दै गीत गाउँदै मकै गोर्ड्ने लोपनमुख लिम्बू संस्कार संस्कृतिलाई उजागर गरिएको लोपनमुख तामओके साम्लो ‘ताम्के’ सार्वजनिक गरिएको हो ।

हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा यासेली योङ्हाङ्, उदय बेघा, भूमिका फियाक, लक्ष्मी योङ्हाङ्, भक्ति आङ्देम्बे, बिबेक बेघा, दिल कुमारी पंधाक मादेन, बाल कुमारी पंधाक, एलिशा आङ्देम्बे र बिष्णु फियाक आङ्देम्बेले अभिनय गरेका छन् ।

मनोज साङ्सोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको साम्लोमा गंगा सिङजाङगो र उदय बेघाको समेत आवाज सुन्न सकिनेछ ।

यासेली योङ्हाङको परिकल्पनामा निर्माण गरिएको भिडियोमा सुमन तामाङको छायांकन, अशोक मण्डलको मेकअप रहेको छ भने पर्शु थलङको सम्पादन रहेको छ ।

भक्ति आङदेम्बेको प्रस्तुति रहेको भिडियो वल्र्ड याक्थुङ लिम्बू कल्चरल युनिटी अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर