सुम्जिरी सुम्हात्लुङ आम्बे पज: फेदेनमा जिल्ला स्तरिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुम्जिरी सुम्हात्लुङ आम्बे पज: फेदेनमा जिल्ला स्तरिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

भदौ ८, पान्थर । प्रदेश न, १ स्थित पान्थर जिल्लाको सुम्जिरी सुम्हात्ल्लुङ आम्बे पज फेदेन सदरमुकाममा प्रदेशको नाम कोशी खारेजी बिषयमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

गत फागुन १७ गते मध्यरातमा सङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गतको १ नम्बर प्रदेश सरकारले लोकतान्त्रिक विधि मूल्य मान्यता प्रक्रिया सङ्गै प्रदेश सभा नियामावली २०७४ को मर्म र भावना बिपरित षड्यन्त्र पुर्वक चोरी दाउमा एकल पहिचानमा आधारित कोशी प्रदेश नामाकरण गरेको भन्दै पहिचानवादीले आपत्ती जनाए ।

पहिचानवादी नेता तथा किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम येक्तेन, पुर्व मन्त्री गोपाल किराती र धार्मिक अभियान्ता अधिवक्ता एन एस फागोद्वारा प्रशिक्षण तथा अन्तरक्रिया भएको सो कार्यक्रममा सङ्युक्त संघर्ष समितीलाई के कस्तो अवस्थामा परिचालन गर्ने भन्ने बारे छलफल भएको थियो ।

कौशिक ऋषि भारतमा राखिएको कोशी नदिको नाम भएकोले प्रदेश १ को नाम स्विकार्य हुन नसक्ने बताइएको छ ।

उक्त कार्यक्रममा आन्दोलनको अवधारणा पत्र आन्दोलनको आगामी रणनीति साथै आन्दोलनको आचारसंहिता लगायत पहिचानका लागि युवा दस्ता गठन र परिचालन अवधारणा जस्ता बिषयमा जिल्ला स्तरीय नेतृत्वको भेलामा प्रशिक्षण गराइएको थियो ।


आस्था भन्दा ठूलो आफ्नो पहिचान भएकोले सङ्युक्त संघर्ष समितिलाई आन्दोलनको आचारसंहितामा रहेर शान्तिपूर्ण आन्दोलनमा पहिचानवादी लिम्बुवान किरातका युवाहरू सरिक हुन अनुरोध गरिएको छ ।

सङ्घियताको मर्म नबुझी एक जातिले अर्को जातिलाइ होच्याउने र सामाजिक तथा जातिय सद्भाव भडकाउ अनि द्वन्द निम्त्याउन नहुने तर्क दिलेन्द्र कुरुम्बाङ्ले बताए ।

स्वसासित स्वयत्त राज्य स्थापनाका लागि सङ्घियता आवस्यक रहेको पनि उनले बताए । नेता बद्लिए व्यवस्था बद्लियो नेपाल धर्म निरपेक्षता भनियो तर शासकीय चरित्र र परम्परा नबद्लिएको कुरुम्बाङ्ले बताए ।

लिम्बुवान स्वायत्तताका लागि ६४ सालमा राज्यले नै सम्झौता गरिसकेको पनि वहाको आन्दोलनको अवधारणा पत्रमा उल्लेख थियो ।

लिम्बू जातिहरुको जनसंख्या कम हुनुको दोष राज्यको दुई सन्तान इस्वरको बरदान भन्ने गलत नितिले गर्दा भएको समेत पत्रमा प्रस्तुत गरिएको थियो ।

प्रदेश नम्बर १ पुनः नामाङ्कन सङ्युक्त संघर्ष समिति पाचथर जिल्लाका अध्यक्ष सुबाश तुम्बापोको अध्यक्षतामा भएको उक्त प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा पब्लिक टाइम्सका सम्पादक गणेश राई पाचथर क्याम्पसका प्राध्यापक मधुराज केरुङ लगायत सम्पुर्ण संघ सस्थाका पहिचानवादी प्रतिनिधि तथा समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर