याक्थुङ स्टारको उपाधी सिक्किमकी अञ्जना नाल्बोलाई - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ स्टारको उपाधी सिक्किमकी अञ्जना नाल्बोलाई

  • आन्छुमे नसान

भदौ ११, दमक । सिङ्गिङ रियालीटी सो ‘याक्थुङ स्टार’ गायन प्रतियोगीताको उपाधी भारत सिक्किमकी अञ्जना नाल्बो लिम्बूले जितेकी छन् ।

याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने श्लोगानका साथ अम्मर कृति म्युजिक प्रालिको आयोजनामा आइतबार झापाको बिर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा ५ जना प्रतिस्पधीहरुलाई पछि पार्दै ‘याक्थुङ स्टार’ गायन प्रतियोगिताको उपाधी अञ्जनाले जितेकी हुन् ।

उपाधि जितेसँगै अञ्जनाले याक्थुङ स्टारको ट्रफी र नगद १० लाख पुरस्कार प्राप्त गरेकी छन् ।

यस्तै पान्थर कुम्मायकका बि.बी. सेर्मा याक्थुङ स्टारको उप बिजेता भएका छन् भने सिक्किमका आइतहाङ लिम्बू तेस्रो भएका छन् । उपबिजेता बि.बी.ले ट्रफी र नगद २ लाख र तेस्रो हुने आइतहाङले भने ट्रफी र नगद एकलाख हात परेका छन् ।

गत साउन ७ गते भारतको सिक्किममा भएको सेमिफाइनलबाट पान्थर मिक्लाजुङका दिलिप माखिम, सिक्किमकि अञ्जना नाल्बो लिम्बू, पान्थर कुम्मायकका बि.बि. सेर्मा, पान्थर फालेलुङका उदय बेघा, सिक्किमका आइतहाङ लिम्बू र आसामका ताराबीर सेरेङ चोङबाङ गरि छ जनाले उपाधिका लागि फिनालेमा स्थान बनाएका थिए ।

प्रतियोगितामा नेपाल र सिक्किम गरि २९ जना सहभागीमध्येबाट बिभिन्न चरणहरु पार गर्दै फिनलेमा प्रवेश गरेका छ जना प्रतिस्पर्धीहरुबाटै भोटिङको आधारमा विजेता घोषित गरिएको हो ।

प्रतियोगिताको निर्णायकहरुमा गायक सञ्चमान ताम्लिङ, गायिका गंगा फियाक र गायक प्रमोद लिम्बू रहेका थिए ।

सम्बन्धित खवर