·
भदौ १२, माङसेबुङ । बिगत ८ बर्ष यता मानसिक डिप्रेशन रोगले ग्रसित माङ्सेबुङ गाउँपालिका ५ कुवापनाी निवासी नाचाने (बुद्धराज) लिम्बूको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
समाजमा सामाजिक कृयाकलापभन्दा बाहिर जान सक्ने सम्भावना भएको र निज नाचानेको पारिवारिक आर्थिक अवस्था समेत नाजुक भएकोले उपयुक्त उपचार पाउन नसकेका कर्ण बहादुर माबोहाङ (गाइघरे माहिला) को छोरा बर्ष ३५ को नाचाने (बुद्धराज) लिम्बूको उपचारको लागि आर्थिक सहयोगको अपिल गरिएको हो ।
समस्त स्वदेश, विदेश तथा परदेशमा रहनु हुने बुबा, आमा, दाजु, भाइ, दिदी, बहिनी, चेली माइती साथमा व्यवसायी, कर्मचारी, राजनीतिक कर्मी, समाजसेवी नेपालीहरुमा नाचानेको उपचारको लागि आर्थिक सहयोग गरि नाचानेलाई पुर्नजीवनको दान गारौ भनी सामाजिक सञ्जालमार्फत सादर अनुरोध समेत गरिएको छ ।
सहयोगको लागि बैक खाता नम्बर :
Prime Commercial Bank Ltd. DAMAK
Account Number : 03500162B6
Account Holder : Raj kumar Mabohang
Mobile Banking Sewa : 9860604333
सहयोगको लागि सम्पर्क :