याक्थुङ आइडल सिजन २ घोषण, सेप्टेम्बर २५ बाट आवेदन सुरु - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

याक्थुङ आइडल सिजन २ घोषण, सेप्टेम्बर २५ बाट आवेदन सुरु

  • आन्छुमे नसान

भदौ १३, दमक । अन्तराष्ट्रिय लिम्बू गीत गायन प्रतियोगिता ‘याक्थुङ आइडल सिजन २’ को घोषणासँगै आवेदनको मिति सार्वजनिक गरिएको छ ।

नियारा प्रडक्शनको आयोजनामा हरेक याक्थुङ संगीतलाई माया गर्नु हुने व्यक्तिहरुमा रहेको मौलिक आवाजलाई विश्व भरि चिनाउनको निमित्त आयोजना गरिएको ‘याक्थुङ आइडल सिजन २’मा सहभागिता जनाउनको लागि आगमी सेप्टेम्बर २५ देखि अक्टुबर ७ गतेसम्म आवेदन खुल्ला गरिएको हो ।

‘याक्थुङ आइडल सिजन १’ को अपार सफलतापछि ‘याक्थुङ आइडल सिजन २’ को आयोजना गर्न लागिएको र याक्थुङ गीत संगीतलाई माया गर्ने मौलिक आवाजको समेत खोजि गरेर विश्वसामु चिनाउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक नियारा प्रडक्शनका प्रवन्ध निर्देशक नियारा सुव्वाले बताइन् ।

‘अन्तराष्ट्रिय लिम्बू गीत गायन प्रतियोगिता ‘याक्थुङ आइडल सिजन २’ को घोषणा गर्न पाउँदा हामी धेरै उत्साहित छौं’ नियारा सुब्बाले भनिन्, ‘नियारा प्रोडक्सनले ‘याक्थुङ आइडल सिजन २’ खुला लिम्बू गीत गाउने रियालिटी शोको रूपमा सबै संगीत प्रेमीहरूका लागि सुनौलो अवसर लिएर आएको छ ।’

‘गत वर्ष हामीले सिजन १ को सफल वर्ष गर्यौं, यस पटक हामी थप आश्चर्यहरू लिएर तपाईंहरूको सामु आएका छौं ।’ सुब्बाले भनिन् ।

अडिसन सम्बन्धी जानकारी

१. पहिलो राउन्ड अडिसन भर्चुअल मोडमा आयोजित हुनेछ ।
२. छनोट भएका उम्मेद्वारहरूलाई विभिन्न स्थानहरू (नेपाल, भारत र सिक्किम) मा ट्रयाक राउन्डमा बोलाइनेछ ।
३. प्रत्यक्ष ब्यान्ड राउन्डदेखि ग्रुमिङ सत्रसम्म प्रतियोगीहरूलाई अनुभवी संगीतकारहरूका साथ दिइनेछ ।
४. ग्रान्ड फिनाले सम्म स्टुडियो परिसर भित्र शोहरू जारी रहनेछ ।
५. ग्रान्ड फिनाले चासोक तङनाम सेलिब्रेसनको दिनमै आयोजना हुनेछ ।

थप जानकारीको लागि

Neyara Production

Facebook Page र YouTube  च्यानल हेर्नुहोस् । साथै तपाइले तल दिइएको नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ ।
सिक्किम : ९८३३१ ७४४७१
भारत : ९८३२२ ७१३३१
नेपाल : ९७७ २४२६२०६

सुचना हेर्नुहोस…

सम्बन्धित खवर