जसपा नेपालको बिधान सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जसपा नेपालको बिधान सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • पदम सुखी सम्बाहाम्फे

भदौ १४, पान्थर । पाँचथर जिल्लाको सदरमुकाम फेदेनमा जनता समाजवादी पार्टी नेपालको बिधान सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जसपा नेपाल जिल्ला कार्य समिती पाचथरको आयोजनामा भएको सोही कार्यक्रममा यश पार्टी भित्र दिनानुदिन पहिचानको उभार आएको भन्दै जसपा केन्द्रिय सदस्य प्रेमराज लावतिले बताए ।

जसपा नेपाल केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम र माननीय सङ्घिय सांसद तथा जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नु भएको हो ।

सङ्घियता, सुशासन, सामाजिक न्याय र समाजवाद भन्ने मुल नाराका साथ होटल अजिमामा भएको उक्त कार्यक्रममा जनता समाजवादी पार्टीको बिधान सम्बन्धि विभिन्न धारा तथा नितिको बारेमा लिम्बुवान राष्ट्रिय समितीका अध्यक्ष खगेन्द्र माखिले ब्याख्या गर्नुभएको थियो । संगठन बिस्तारमा युवाको सहभागिता बिशेष बिधानले कडाइका साथ जोड दिएको पनि उनले बताए ।

जसपा नेपालको अबको मुल मन्त्र समाजवादी लोकतन्त्र सिद्धान्त जस्ता बिधानमा उल्लेख गरिएको पनि बताए । सङ्घिय सांसद तथा जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठले यसपटकको जसपाको बिधानले पहिचान र भूगोलको शिर उच्च बनाउन निर्माण भै सकेको बताए ।

प्रदेश नम्बर १ को पुनः नामाङ्कनको बिषयमा जसपा सधै आन्दोलनको वकालत गरिरहेको बताए । शान्तिपूर्ण आन्दोलन पनि डरलाग्दो हुनसक्ने उनको भनाइ थियो । नेकपा एमालेले प्रदेश १ को नाम कोशी राखेर लिम्बुवान किरात अरिङगालको गोलोमा हात हालेको साम्सद श्रेष्ठले भने ।

जसपा जिल्लाकार्य समितिका उपाध्यक्ष भरत राइर्, सहसचीव सुबास तुम्बापो लिल्डाका दिलेन्द्र कुरुम्बाङ, लगायत जसपा केन्द्रिय सदस्यहरु मिना राई राजेन्द्र कुमार जबेगु मचिन्द्र बेघा राजेश इङ्वाले पार्टीको आन्तरिक समस्या र त्यसको समाधान बारे मन्तव्य राखेका थिए । सो कार्यक्रम जसपा जिल्ला अध्यक्ष लक्षमण लावतिको अध्यक्षतामा आज सम्पन्न भएको हो ।

 

सम्बन्धित खवर