आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार ज्ञानु केदेमलाई प्रदान गरिने - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार ज्ञानु केदेमलाई प्रदान गरिने

भदौ १४, इलाम । इलामका पत्रकार ज्ञानु केदेमलाई यसवर्षको आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार प्रदा नगरिने भएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा सोमबार इलाम सदरमुकाममा कार्यक्रम आयोजना गरी केदेमलाई पुरस्कृत गरिने फोनिज इलामले जनाएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले स्थापना गरेको सो पुरस्कारको राशी नगद १० हजार रहेको छ ।

विगत डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन् । हाल इलामको माङसेबुङबाट प्रकाशित माङसेबुङ मासिक म्यागजिनका उपसम्पादक हुन् ।

फोनिज इलामले स्थापना गरेको सो पुरस्कार दोस्रो पटक वितरण गर्न लागेको हो । यसअघि सो पुरस्कारबाट अग्रज पत्रकार सटेन्द्र बजेगू पुरस्कृत भईसकेका छन् ।

पुरस्कार व्यवस्थापन गर्नका लागि फोनिज इलामले आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८ तर्जुमा गरी पुरस्कार कोष स्थापना गरेको थियो । सोही पुरस्कार कोषबाट बर्सेनि एकजना आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार वितरण गरिने फोनिज इलामले जनाएको छ ।

फोनिज इलाम शाखाको साधारण सदस्य भई पत्रकारिताको माध्यमबाट आदिवासी जनजाति एवम् अल्पसंख्यक÷लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख÷आलेख, वहस÷पैरवी गरी समग्र आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने इलामेली आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने फोनिजले जनाएको छ ।

को हुन् केदेम ?

व्यक्तिगत विवरण

नाम – ज्ञानु केदेम लिम्बू
जन्मस्थल – फक्ताङलुङ गाउँपालिका ६, (साविक लेलेप–१) ताप्लेजुङ
स्थायी ठेगाना – माङसेवुङ गाउँपालिका–५, इलाम
बुवा – देउराज केदेम लिम्वू
आमा – फेम्वू बुधमति केदेम
बाजे – गुञ्जमान केदेम लिम्वू
बोजु – मावोहाङ मोतिमाया केदेम
शिक्षा – स्नातक तह
जन्म – २०४७–०१–२१ गते

आबद्ध संस्था –

सहसचिव – नेपाल पत्रकार महासंघ इलाम
सदस्य – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. १, नेपाल
उपसम्पादक– माङसेबुङ मासिक
सम्पादक – किरात इङसे अनलाइन
अध्यक्ष – किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो
सचिव – किरात इङभो पान्जुम्भो
अध्यक्ष – प्रेस मञ्च नेपाल जिल्ला समिति इलाम

अनुभव

सदस्य – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलाम शाखा २०७४–२०७६
सम्पादक– मुक्कुमफूङ दैमासिक २०६४–२०६८
सहायक स्टेशन प्रमुख तथा समाचार सम्पादक– रेडियो माङसेबुङ २०७३–०७८
सम्पादन सहयोगी – माङगेन्ना मासिक २०६६–०७२
सम्पादक – साक्थिम समसाययिक पत्रिका २०६८ देखि हालसम्म
सम्वाददाता – इक्ला साप्ताहिक २०७३–२०७३
विशेष सम्वाददाता – विश्व किरात आवाज मासिक २०६९–०७०
कार्यालय प्रतिनिधि – हाम्रो बुलन्द आवाज पाक्षिक २०६४–०६६
सम्पर्क – ९८४४६०४४५६/९८१४९९८६८२
limbugyanu98@gmail.com

सम्बन्धित खवर