लिम्बू कथानक चलचित्र ‘सुगुप’ को फस्ट लुक सार्वजनिक - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू कथानक चलचित्र ‘सुगुप’ को फस्ट लुक सार्वजनिक

भदौ १६, काठमाडौं । लिम्बू कथानक चलचित्र ‘सुगुप’ को फस्ट लुक सार्वजनिक गरिएको छ । सैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बोको प्रस्तुति तथा निर्माण रहेको चलचित्र ‘सुगुप’ को फस्ट लुक सार्वजनिक गरिएको हो ।

लोकेन साम्बाको निर्देशनमा हाल पोष्ट प्रडक्सनको काम भइरहेको लिम्बु कथानक चलचित्र सुगुप को पहिलो सो हङकङबाट हुने भएको छ ।

एक गरिब केटाले उनको आफ्नो प्रेमिकालाई बिबाह गरेपछि उसङ्ग हुनको लागि संघर्स र दुई कुटुम्बेरिको बिमेलले गर्दा केटा मुग्लान जानु पर्ने बाध्यता हुन्छ, यसैको कथा वरि परि रहेर निर्माण भएको चलचित्र सुगुपमा रिता फोम्बो ठुली, यासेली योङहाङ र सागर केरुङको रचना रहेको गितहरुको संगीत अशोक कुमार लोहोरुङ राईको रहेको छ ।

चलचित्रमा राजेस पायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बु, रुक मान लिम्ब,ु निरन्ता नेम्बाङ र जिबन केदेमको स्वर रहेको छ ।

प्रेम सुब्बा, मौसम इम्बुङ, बबिता नेयोहाङ लिम्बु, यासेली योङहाङ, सुम्निमा खापुङ, तिर्थ मादेम्बा, योमन सोदेम्बा, रुकमान लिम्बु, डम्बर कुमारी पयाङगु, निता लिम्बु, उदय बेघा, मन कुमार योङहाङ, सागर केरुङ, सैलेन्द्र कुमार नाब्बो, रबिन कुमार नाल्बा,े इन्द्र पन्धाक, युबराज इस्बो, लिला सेलिङ माबो, दिल माया लाबुङ (नाल्बो), थाना हाङ तिगेला, सिता लिम्बु, आसिस थोप्रा, इन्द्र सेर्पा र पन्न्ना आङ्बोको अभिनय रहेको चलचित्रको छायांकन युबराज राई (बिर बहादुर) र सम्पादन बिपिन्न मल्लले गरेका छन् ।

चोक्फुङ इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा भेषभुसा युनिक कृएसन, प्रोडक्सन मेनेजर इन्द्र सेर्पा, मेकअप बिजय लामाको रहेको छ भने रोमियन वनेम लिम्बु, एल.पि. साँबा, मनिसा सुब्बा नाल्बा,े श्री प्रसाद माबो र रामप्रसाद पन्धाक निर्माता रहेका छन् ।

चलचित्रमा देबेन्द्र खापुङको पट्कथा सम्बाद, किसोर सम्बाहाङफे र बिस्नु मोक्तानको द्वन्द निर्देशन, कमल राईको नृत्य निर्देशन, राज कुमार आङदेम्बे र डि. बि. आङबुङको भासा र सब्टाइटल र राजु घिमिरेको मुख्य साहायक निर्देशन रहेको छ ।

सम्बन्धित खवर