शहिल र सम्झनाको आवाजमा ‘सेवारो सेवा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शहिल र सम्झनाको आवाजमा ‘सेवारो सेवा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

भदौ १७, काठमाडौं । गायक शाहिल लिम्बू र गायीका सम्झना योङहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘सेवारो सेवा’ सार्वजनिक गरिएको छ ।

गीतकार निशा नेम्बाङको शव्द तथा संगीतकार बिष्णु चाम्लीङ राईको संगीतमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गीत ‘सेवारो सेवा’ को भिडियो सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा माहोल स्टुडियोमा बिशाल लिम्बूले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ सागर संसार राईले गरेका हुन् ।

दामी कृएशनले तयार पारेको भिडियो बहाव इन्टरटेन्मेन्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर