लेखनाथ र मेरिनाको आवाजमा ‘जुनी जुनी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लेखनाथ र मेरिनाको आवाजमा ‘जुनी जुनी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

भदौ १७, काठमाडौं । गायक लेखनाथ चेम्जोङ लिम्बू र गायीका मेरिना राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ ।

गीतकार लोकेन्द्र दुधराजको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको गीत ‘जुनी जुनी’ को भिडियो सार्वजनिक गरिएको हो ।

रियाज म्युजिक सेन्टरको प्रस्तुतिमा तयार पारिएको भिडियोमा मनोज फागो चोङबाङ र काव्या राईले अभिनय गरेका छन् । बाल कलाकारको रुपमा भने आकृति शंकरले अभिनय गरेकी छन् ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गीतलाई किङग् स्टुडियोमा रेकर्ड गरिएको हो ।

पुष्प किरातीको छायांकन, सम्पादन तथा कलर रहेको भिडियो संगीत दर्पण नेपाल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर