शहिल र सम्झनाको ‘गौंथली जोडी’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शहिल र सम्झनाको ‘गौंथली जोडी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

भदौ २१, काठमाडौं । गायक शाहिल लिम्बू र गायीका सम्झना योङहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको अर्को कोशेली ठेट मौलिकता बोकेको बिल्कुलै नयाँ गीत ‘गौंथली जोडी’ सार्वजनिक गरिएको छ ।

गीतकार डि.पी. खनालको शव्द तथा शाहिल लिम्बूको संगीतमा सजिएको पृथक शैलीमा तयार पारिएको गीत ‘गौंथली जोडी’ को भिडियो सार्वजनिक गरिएको हो ।

बिषम आचार्यको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ बिषम आचार्र्यले नै गरेका हुन् ।

दामी कृएशनले तयार पारेको भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर