भदौ २६, काठमाडौँ । संविधानसभा अध्यक्ष तथा नेकपा एमाले नेता सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले जानकारी दिए ।
उलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।