हाङको निर्देशनमा ठुलीको पालाम ‘निङवासुम ११’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा ठुलीको पालाम ‘निङवासुम ११’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ २६, काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा रिता फोम्बो ठुलीको शव्द संकलन तथा चन्द्र थलङको लय संकलन रहेको पालाम ‘निङवासुम ११’ सार्वजनिक गरिएको छ ।

गायीका निरन्ता नेम्बाङ र गायक जीवन केदेमको सुमधुर आवाजमा लिम्बू कला र संस्कृतिमा आधारित पालाम ‘निङवासुम ११’को भिडियो सार्वजनिक गरिएको हो ।

रानी चोङबाङ र शिवकुमार सम्बाहाङफेको समेत आवाज रहेको पालाम भिडियोमा दुर्गा तुम्सा, सुन्दर निङलेकु, सन्ज्ीव लिम्बू, मिरा फियाक, असारसिं निङलेकु, जीवन केदेम, दीप केरुङ, साक्थिम तुम्सा, सुवास तेयुङ, घनेन्द्र लावती, जानु फोम्बो, जेनी आङबुहाङ, बिष्णु सेर्मा, भिमा चेम्जोङ, ऐश्वर्या मादेम्बा र नुमा खजुमले अभिनय गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा सञ्जु थलङ र अनुसा नानुको मेकअप, इशाक जबेगुको छायांकन तथा सम्पादन रहेको पालाम रिता फोम्बो ठुलीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर