भदौ २७, काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एकालेका नेता सुवासचन्द्र नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ ।
सोमबार राति निधन भएका नेम्बाङको भोलि बिहिबार विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने एमालेका केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टले जनाएको छ ।
नेम्बाङको शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।
दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।