गायीका सुनिता थेगिमको ‘आ है २’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायीका सुनिता थेगिमको ‘आ है २’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ३०, काठमाडौं । लोकप्रिय गायीका सनिता थेगिमको आवाजमा ‘आ है २’ फिमेल भर्जनमा सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक एकदेव थेगिमको शव्द, संगीत तथा आवाज समेत रहेको पपुलर गीत ‘आ है २’को फिमेल भर्जनमा सार्वजनिक गरिएको हो ।

आशिस राईको कोरियोग्राफीमा सुनिता थेगिमले तयार पारेको भिडियोमा सुनिता थेगिम र सन्देश लिम्बूले फिचरिङ गरेका छन् ।

साश्वत श्रेष्ठको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा अस्मिता राई र स्मृति राईको मेकअप, बिशाल थापा र अनित राई(युके)को छायांकन र दिन्सन शाहको सम्पदन तथा कलरिङ रहेको छ ।

आई क्यच स्टसडियोको पोष्ट प्रडक्शन रहेको भिडियो गायीका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर