झापामा १५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा १५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा

भदौ ३०, झापा । पहिचानको आन्दोलन सशक्त बनाउनको लागि प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले झापामा पहिचानको लागि युवा गठन गरि घोषणा गरिएको छ ।

शनिबार बिर्तामोडस्थित सिटि सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको भेलाले सामी पालुङवाको संयोजकत्वमा १५ सय १ सदस्यीय पहिचानको लागि युवा घोषणा गरिएको हो । यसैगरी सह संयोजक सुमन सम्बाहाम्फे, कर्ण राजवंशी, सदस्य सचीव गौरिमान राई रहेका छन् ।

कार्यक्रममा किरात राई यायोक्खा अध्यक्ष जीवन हताचो, किरात याक्थुङ चुम्लुङ उपाध्यक्ष गोविन्द आङबुङ, पहिचान सहितको प्रदेश १ पुनः नामाङकन अभियान अध्यक्ष डकेन्द्रसिंह थेगिम, राष्ट्रिय जनमुक्ति पार्टी सात घटकका अध्यक्ष केपी पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानु इम्बुङ, आदिवासी जनजाति महासंघ उपाध्यक्ष युवराज जीरेल, नेपाल शेर्पा संघ महासचिव लाक्पा शेर्पा, नागरिक उन्मुक्ति पार्टी एकीकृत महासचिव दिल कुमार लाओती, जनता समाजवादी पार्टि नेपाल केन्द्रीय सदस्य राई लिम्बुवान राष्ट्रिय समिती मुख्य सचिब केदार धिमाल, पहिचानको लागि युवाका संयोजक राई सहसंयोजक बिराज आङ्देम्बे लगायतको उपस्थिति रहेको थियोे ।

पहिचानवादीहरुको हजारौंको उपस्थितिमा र्यालिसहित कोशि प्रदेश नाम मान्दैनौ, कोशी प्रदेश नाम मुर्दाबाद जस्ता नाराबाजी गर्दै युवा दस्ताहरुले बिर्तामोड बजार मार्चपास सहित परिक्रमा गर्दै मुक्तिचोक छेउमा कोणसभा गरिएको थियोे ।

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ गाउँदेखि सहरसम्म पहिचानको लागि युवा गठन गरिएको हो । त्यस्तै युवा दस्ताले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयम्सेवकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

सम्बन्धित खवर