गायीका सम्झना योङहाङको ‘हल्ला हुने भो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायीका सम्झना योङहाङको ‘हल्ला हुने भो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ३१, काठमाडौं । गायीका सम्झना योङहाङको समधुर आवाजमा प्रेमिल गीत ‘हल्ला हुने भो’ सार्वजनिक गरिएको छ ।

लक्ष्मीदास शर्माको शव्द तथा दिपेन्द्र वमजनको संगीतमा सजिएको प्रेमिल गीत ‘हल्ला हुने भो’को भिडियो सार्वजनिक गरिएको हो ।

बिजय मगरको निर्देशनमा बिष्णु कार्कीको मेकअप, सनम तामाङको छायांकन र अर्जुन खड्काको सम्पादन तथा कलर रहेको भिडियोमा रिवेल राई र करुना राईको अभिनय रहेको छ ।

आदेश गुर्माछनको संगीत संयोजनमा माहोल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ सागर संसार राईले गरेका छन् ।

दामी कृएशनको पोष्ट प्रडक्शन रहेको भिडियो कलाकार रिवेल राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर