पहिचानवादीद्वारा कोशी नामाकरणको विरोधमा बृहत मोटरसाइकल र्याली - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पहिचानवादीद्वारा कोशी नामाकरणको विरोधमा बृहत मोटरसाइकल र्याली

असोज ३, बिराटनगर । पहिचानवादीहरुले सुनसरीको इटहरीदेखि बिराटनगरसम्म बृहत मोटरसाइकल ¥याली निकालेका छन् ।

प्रदेश १ पुनः नामङ्कन संघर्ष समितिको आयोजनामा प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा नामकरण गर्नुपर्ने माग राख्दै मंगलबार मोटरसाइकल र्याली निकालिएको हो ।

हजारौं पहिचानवादीहरुको सहभागितामा इटहरीबाट सुरु भएको ¥याली विराटनगरको गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । र्यालीमा सहभागी आन्दोलनकारीहरुले ‘प्रदेशको नाम कोशी खारेज गर’ ‘ कोशी नाम मुर्दावाद’ ‘सहिद लाजेहाङ अमर रहुन’ जस्ता नारा लगाएको थियो । गणतन्त्र चौकमा भएको कोणसभालाई विभिन्न घटकका नेताहरूले सम्बोधन गरे ।

सभालाई किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, जनता समाजवादी पार्टी किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, दलित केन्द्रीय राष्ट्रिय समितिको तर्फबाट नरेश विश्वकर्मा, जनमुक्ति पार्टीका महासचिव पदम जबेगु, संघीय लोकतान्त्रिक मञ्च वरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, नागकि उन्मुक्ती पार्टीका सहसचिव पदम अधिकारी, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष युवराज जिरेल लगायतले सम्बोधन गरेका थिए ।

गत फागुन १७ गते प्रदेश सभाले प्रदेशको नाम कोशी नामकरण गरेसंगै पहिचान पक्षधरहरु चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । आन्दोलनकै क्रममा पदम कुमार लिम्बु ‘लाजेहाङ’ को गत १० चैतमा निधन भएको थियो ।

सम्बन्धित खवर