मिरुना अभिनित सुनिता र नरेशकोे ‘छुच्ची लिम्बूनी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिरुना अभिनित सुनिता र नरेशकोे ‘छुच्ची लिम्बूनी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज ५, माङसेबुङ । गायिका सुनिता थेगिम र गायक नरेश तुम्बाहाङफे ‘फुर्के लाहुरे’को आवाजमा लिम्बू कला र संस्कृतिमा आधारित मौलिक पुर्वेली लोक भाकामा सजिएको प्रेमिल गीत ‘छुच्ची लिम्बूनी’ सार्वजनिक गरिएको छ ।

गायक नरेश तुम्बाहाङफेकै शव्द तथा संगीतमा नरेश तुम्बाहाङफे र मिरुना मगरको अभिनय रहेको सोल्टी र सोल्टीनीको रोमान्सले भरिएको प्रेमिल गीत ‘छुच्ची लिम्बूनी’ भिडियो सार्वजनिक गरिएको हो ।

अनिल सुव्वाको निर्देशनमा हाट बजारबाट सुरु भएको लिम्बू सोल्टी र लिम्बूनी सोल्टीनीको प्रेम अन्तत बिवाहमा परिनत भएको रोमाञ्चक र कमेडी मुलक प्रेम कथा प्रस्तुत गरिएको भिडियोमा मन पराएको सोल्टीनीलाई अर्कैले धान नाँच्नलाई जवरजस्ती तान्नु खोज्दा खुकुरी थुतेर फौदारी गर्न खोजेको दृश्यले दूई तीन दसक अघिको लिम्बूवानको अवस्थालाई ताजकी गराउँछ ।

सोवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रेकर्ड तथा मिक्सिङ गरेको गितमा राजु कार्कीको संगीत संयोजन तथा मास्टरिङ रहेको छ ।

नरेश तुम्बाहाङफेको निर्माणमा सुरज तमुको सहायक निर्देशन तथा प्रविण लिम्बूको छायांकनमा कल्पना लिम्बूको मेकअप, मनोज तुम्बाहाङफे प्रडक्शन मेनेजर र कृष्ण भण्डारीको सम्पादन तथा कलर रहेको भिडियो फुर्के लाहुरे युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर