शाहिलको संगीत र शिवको आवाजमा ‘बाजेको पाला जस्तै’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिलको संगीत र शिवको आवाजमा ‘बाजेको पाला जस्तै’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज ६, काठमाडौं । गायक तथा संगीतकार शाहिल लिम्बूको संगीतमा गायक शिव सम्बाहाङफेको आवाजमा बिल्कुलै नयाँ गीत ‘बाजेको पाला जस्तै’ सार्वजनिक गरिएको छ ।

शाहिल लिम्बू र बिष्णु चाम्लीङ राईको शव्दमा निरन्ता नेम्बाङ र सम्झना योङहाङको आवाजमा पालम समेत समाबेश गरिएको गीत ‘बाजेको पाला जस्तै’ को भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश कार्कीको निर्देशनमा सनम तामाङको छायांकन रहेको भिडियोमा शिव सम्बाहाङफे, रेश्मा खजुम लिम्बू, सम्झना योङहाङ, तारा लिङदेन, एल्बिन लिम्बू, सुमन राई र कबिता आङबुहाङको अभिनय रहेको छ ।

बिजय मगर क्रिएटिभ हेड रहेको भिडियोमा बिष्णु कार्कीको मेकअप, अर्जुन कट्वालको सहायक छायांकन र अर्जुन खड्काको सम्पादन तथा कलर रशेको छ ।

माहोल स्टुडियोमा बिशाल लिम्बूले रेकर्ड गरेको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बिषम आचार्यले गरेका हुन् ।

दामी कृएशनको पोष्ट प्रडक्शन रहेको भिडियो गायक शाहिल लिम्बूको युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर