किरात साम्जिक मुन्धुम निसामहिमको ४२ औं स्थापना दिवस सम्पन्न - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात साम्जिक मुन्धुम निसामहिमको ४२ औं स्थापना दिवस सम्पन्न

असोज ८, माङसेबुङ । किरात साम्जिक मुन्धुम निसामहिमको ४२ औं स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्षझै आयोजित भाषा, लिपि, साहित्यको विकास र प्रचारप्रसार गर्न स्थापना गरिएको निसामहिमको स्थापना दिवस तथा सम्मान कार्यक्रमको अवसरमा आइतबार निसामहिम हलमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, विशेष अतिथि माङसेबुङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नरेन्द्र राई रहनुभएको थियो ।

कार्यक्रममा किरात किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होम लिङदेन, माङगेन्ना सदस्य पूर्णकार्की ढोली, किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो अध्यक्ष ज्ञानु केदेम, किरात साम्यो हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ, किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका प्रधानाध्यापक कल्पना लिङदेन, नेकपा एमाले माङसेबुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष कमल माबोहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

किरात साम्जिक मुन्धुमको विकासका लागि शिक्षकको रुपमा अतुलनीय योगदान गर्ने निसामहिमका पूर्व शिक्षकद्धय साङदाङगेन वरुमसाबा हरिकुमार आङबुहाङ र साङदाङगेन वरुमसाबा इन्द्र आङदेम्बेलाई सम्मान गरिएको थियो ।

किरात साम्जिक मुन्धुम निसामहिम व्यवस्थापन समितिका अध्यक्ष देउकुमार आङदेम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो । निसामहिमका सिक्साम्बा नन्दकुमार सेर्माको स्वागत तथा औचित्य मन्तव्य रहेको कार्यक्रम निसामहिमका तुम सिक्साम्बा ललितचन्द्र फियाकले सञ्चालन गरेका थिए ।

स्थापना दिवसको अवसरमा निसामहिमले साक्मुरा वादेम्मासँगै येत् नाम्धुङ लाधुङ सेमी सेवा समेत आयोजना गरेको थियो ।

 

सम्बन्धित खवर