हाङको निर्देशनमा सुनिता र देबेन्द्रको ‘हङकङ सिंगापुर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, साउन २६, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हाङको निर्देशनमा सुनिता र देबेन्द्रको ‘हङकङ सिंगापुर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १०, काठमाडौं । अहिलेका व्यस्त निर्देशक हाङ चेम्जोङको निर्देशनमा गायिका सुनिता थेगिम र गायक देबेन्द्र लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘हङकङ सिंगापुर’ सार्वजनिक गरिएको छ ।

गीतकार सरिता राई आङबुहाङको शव्द संकलन तथा देबेन्द्र लिम्बूको लय संकलन रहेको पुर्वेली लोक भाकाको गीत ‘हङकङ सिंगापुर’को भिडियो हाङग्स् प्रडक्शन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

देबेन्द्र लिम्बूको परिकल्पनामा सुजन दाहालको छायांकन, आशिस राईको कोरियोग्राफी तथा सञ्जु थलङको मेकअप रहेको भिडियोमा पुष्पा लिम्बु र दिपेन काम्फे सुब्बाले अभिनय गरेका छन् ।

लाहुरेले आफ्नो मायालुलाई हङकङ सिंगापुर घुमाउने बाचा गरेको भिडियोमा खुशी लामा, जस्मिन राई, एन्जल शेर्पा, आशा तामाङ, दिपिका श्रेष्ठ, हिमा राई, सशी राई, अनिश घिसिङ, श्रावन घिसिङ, निरज मगर, उषा राई, अशोक खरेल, राजेश गिरि र जिबन मगरले कोरस नृत्य गरेका छन् ।

कृष्ण भक्त राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर