एकान्तको संगीत, नोगेनको आवाजमा केञ्जल र जीवन अभिनित ‘मनै घमाइलो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्तको संगीत, नोगेनको आवाजमा केञ्जल र जीवन अभिनित ‘मनै घमाइलो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १७, माङसेबुङ । गीतकार मदन मावोको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा गायक नोगेन हाङसरुम्बाको आवाजमा सजिएको गीत ‘मनै घमाइलो’ सार्वजनिक गरिएको छ ।

कविता लोप्चनको निर्देशनमा केञ्जल योङहाङ र जीवन वायुङ राईको अभिनय रहेको बिल्कुलै नयाँ गीत ‘मनै घमाइलो’ को भिडियो सार्वजनिक गरिएको हो ।

अर्जुन खड्की र दिपक केसीको छायांकन तथा सुनिता लावतीको मेकअपमा चित्र मिडियाको सम्पादन रहेको भिडियोमा सनिता लावती र सुम्निमा लिम्बूले समेत अभिनय गरेका छन् ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ तथा मिक्सिङ योगेन मुकारुङ राईले गरेका हुन् ।

चित्र मिडियाको पोष्ट प्रडक्शन रहेको भिडियो गायक एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर