इतिहासकार कृष्णविक्रम नेम्बाङको ‘लिम्बू इतिहास’ विमोचन - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इतिहासकार कृष्णविक्रम नेम्बाङको ‘लिम्बू इतिहास’ विमोचन

असोज १७, काठमाडौ । इतिहासकार कृष्णविक्रम नेम्बाङद्वारा लिखित ‘लिम्बू इतिहास ः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक पुस्तक विमोचन गरिएको छ ।

बुधबार ललितपुर थसिखेलको तागेरा रेस्टुरेन्टमा नेपाल प्रज्ञा–प्रतिष्ठान पुर्व कुलपति वैरागी काइलाको प्रमुख आतिथ्यतामा ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा मदन पुरस्कार विजेता भगिराज इङ्नाम, प्राध्यापक बालकृष्ण माबुहाङ, साहित्यकार राधिका हुक्पा चोङ्बाङ, येहाङ लाओती, युग पाठक, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, कियाचु पुर्व केन्द्रीय अध्यक्ष अर्जुन नुगो, डा. कमल तिगेला, राम मादेन लगायतको उपस्थिति रहेको थियो ।

पुस्तक मुन्धुम एकाडेमीको प्रकाशन रहेको छ ।

सम्बन्धित खवर