भुपेन्द्र र परिक्षा अभिनित ‘लुकी लुकी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्र र परिक्षा अभिनित ‘लुकी लुकी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज २०, दमक । छयांकार, निर्देशक तथा कलाकार भुपेन्द्र तुम्बाहाङफे र मोडल परिक्षा लिम्बूद्वारा अभिनित ‘लुकी लुकी’ म्यूजिक भिडियो शनिबार दमकमा एक कार्यक्रमविच सार्वजनिक गरिएको छ ।

दमक स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको सभालमा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यमा ‘लुकी लुकी’ म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार गणेश थक्लुङको शब्द, गायक तथा संगीतकार टंक बुढाथोकीको संगीतमा टंक बुढाथोकी र गायीका मेलिना राईको आवाज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

दिवस गिरीको कोरीयोग्राफीमा साउथ इन्डियन स्टाइलको रोमान्सले भरिएको डान्स तथा रोचक कथा समेत समाबेश गरिएको भिडियोलाई मज्जाको राईले छायांकन गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका छन् ।

गणेश थक्लुङ र कृष्ण गुरुङको निर्माणमा सञ्जु थलङको मेकअप, किरण न्यौपानेको सहायक छायांकन र खगेन्द्र वजी लिम्बूको आर्ट प्रडक्शन रहेको छ ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी राई र समाजसेवी बाल चन्द्र सुब्बाको बिशेष आतिथ्यमा भएको भिडियो सार्वजनिक कार्यक्रममा निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुको अध्यक्षतामा सम्पन्न भएको थियो । जितेन सङपाङले सञ्चालन गरेको कार्यक्रममा मिना नेम्बाङले स्वागत मन्तव्य राखेका थिए ।

थैली इन्टरटेन्मेन्टको पोष्ट प्रडक्शन रहेको भिडियो थैली इन्टरटेन्मेन्टको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर