नेम्बाङको अवसानपछिको राजनीति पोष्टमार्टम् शल्यक्रिया र भिसेरा रिपोर्ट - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेम्बाङको अवसानपछिको राजनीति पोष्टमार्टम् शल्यक्रिया र भिसेरा रिपोर्ट

  • बिक्रम फागो वनेम

गत २६ भदौ (12 Sep)का दिन सुचने.(सुवासचन्द्र नेम्बाङ) अचानक परलोक भएको खबर सुनें । एफ.एम.रेडियो मार्फत विहान ५ः३० बजे, पूर्व-सभामुख तथा संविधानसभा अध्यक्ष नेम्बाङको निधन भन्ने संक्षेपमा श्रवण गर्दै गर्दा, योगासनमा ध्यानमग्न भइरहेको बेला उक्त न्युज सम्प्रेषण हुँदा एक्कासी कराउँन पुगेछु, ला…! योगासनको ध्यान भंग भो । एक्कासी उनी वितेको खबरले अर्कै भावफिलको आत्माबोध गरायो । अपितुः यो कलमी स्तम्भकार नेम्बाङको कट्टर आलोचक हो । त्यो भन्दा झ्नै केपी. ओलीको महा-आलोचक विरोधी हो । त्यसो त बाहुनवादी यी दलीय पार्टीका शासकीय नेताहरुप्रति (अपवाद बाहेक) जसै राजनीति टिका-टिप्पणी मार्फत प्रतिवाद र घृणा गर्दै आइरहेको आलोचक हो ।

भन्नुपर्दा, यो देशका दलीय शासके नेताहरु,,कोहीपनि आफ्नो कालगतीले मर्न नपाउँन् भन्ने त्यो स्वेच्छिक इत्छा जाहेर गर्ने र आम-सामाजिक सञ्जाल मार्फत आक्रोश ब्यक्त गर्ने पनि, यो कलमी स्तम्भकारनै हो । जो कोही कसैले जंगेको(जवरा.)जस्तो अवतार लिउन् र त्यो कोतको हत्याकाण्ड गर्ने जस्तो शक्तिशाली बहादुर नौ जवानहरु जन्मिउन् भन्ने हो । जबकी यी दलीय शासके नेताहरु आफ्नै कालगतीले मर्न नपाउँन् भन्ने हो । मतलव ताकी आफ्नै कालगतिलेचाहीँ प्राण/देहत्याग गर्न दिनु हुन्न भन्ने, यो कलमी हस्ताक्षरको इत्छा मात्र नभई, आम-नेपालीजनको इत्छामरण पनि हो ।

अतः नेम्बाङ ढलेको सुनेसी भित्री अन्तष्करणमा छाती ढक्क फुल्यो । शरीर शिरिङग हुँदै आयो र शरीरैभरी काँढै-काँढा उम्रिएर आएथ्यो । योगासनमा लिइने लामो-लामो लिईने श्वास- प्रश्वास प्रकृया ढक्क रोकेथ्यो । त्यो स्तब्धताभित्र फेरि लामो श्वास तानें । र मौंनतामै समाचार श्रवण गर्दै योगासनको पद्वमासनमै बसेथें । तर, उनको सदाको लागि चोला उठेको खबर भने पटक्कै पत्यार लागिरा थिएननै । फिरः यो सपना पो हो की ? भनेर बेलाबेला आफैलाई यसै चिमोटी हेर्छु । स्पर्शपछि थाहा हुन्थ्यो की, किमार्थ यो फगत मिथ्या फेकन्युज भने रत्ति थिएन । अब बुझ्नुस् की, यो कलमी दस्तखत गर्ने आलोचक स्तम्भकार, नेम्बाङ ढल्दाको क्षणथ्यो । राजनीति मुद्दाको हिसावले हेर्ने हो भने, उनी हामीहरु लिम्बू जाति तथा आम-आदिवासी जनजाति समुदायको कोही पनि थिएनन्/होइनन् । तर उनी लिम्बु समुदाय भित्रकै सन्तान/जीनचाहीँ थिए/हुन् । किन्तुः आम-लिम्बू समुदायकै प्रतिनिधित्व गर्ने प्रमुख राजनीति व्यक्ति/नेता भने उनी रत्ति होइनन् । तथापी उनी ढल्दा हामीहरुको थिएनन् । तर गुम्दाचाहीँ गुमाएको त्यो मान्छे कोही आफ्नो हो की जस्तो भने आभाष आइरहन्थ्यो । कता- कता उनको आत्मा हामीहरुसँग समर्पित नभई स्खलित नै भएपनि, उनको पार्थिव भौतिक शरीर/चोला भने हामीहरुकै मान्छेको हो भन्नेचाहीँ लागि रह्यो । त्यो मानेमा चाहीँ समवेदनाले भावविह्लता नपोखिएको पनि होइनन् । परन्तुः दुर्भाग्यचाहीँ के रहयो भने हामीहरुको हकमा उनी न पराई, न त आफ्नो नै थिए । न प्रधान वर्ग शत्रु, न की प्रधान मित्रु नै थिए । त्यसो त फिरः यहीँ विष्मयकारिताबीच उनीप्रति भावपूणर् समवेदनाको श्रद्धाञ्जली घोप्टिएको हो ।

लिम्बू समुदायमा लावती र नेम्बाङ, को शक्तिशालि ?

नेम्बाङको कायाचोला उठेसी लिम्बुहरुको शक्ति चेन् गयो, सक्यो भन्नेहरुको एउटा कथित जमात पनि भेटिन्छन् । काफी सुन्नमा आउँछन् । उसो त यस अघि लिम्बुवान पान्थर थुम, यासोकका भदौरे जेठा उर्फ पद्मसुन्दर लावती (२०७२) ढल्दा पनि त्यसै भनेका हुन् । लावतीलाई कतिले लिम्बुवानको बाघबुढा भनेर पगरी गुथ्याउँथे/कहन्थे र भन्ने गर्थे/गर्छन् । जुन केही हद यथार्थ र सत्य पनि हो । लावती बुढा कडा मिजास स्वभावका थिए भनिन्छ । उनी आफूलाई चित्त नबुझेको खण्डमाचाहीँ तत्कालै त्यसको खण्डन गरी हाल्ने आक्रोश पोख्थे । मानौं बाघ जस्तै गर्जने र ताकपर्दा झम्टेर चिथोरी हाल्न नि सक्थे । त्यो आक्रमक जीवनशैलीको कारण उनीसँग आँखा जुधाएर तर्क राख्ने र उनी सम्मुख प्रतिवाद गर्नसक्ने आँट जो कोहीले गर्न सक्दैनथे ।

तसर्थः लावती लिम्बुवानको बाघबुढा कै रूपमा शक्तिशाली देखिए/बने, र कायाचोला फेरे । नेम्बाङचाहीँ रूपमा न बाघ, न सारमै देखिए । उनलाई देख्दा र सुन्दा कागजी बाघमात्र बनाइए । जसको न दार्हा, न त नङग्रा नै थियो । जसले न चिथोर्न सक्थ्यो, न त नङग्रयाउँन नै । यथार्थमा उनको स्वभाव र चरित्रले जीवनशैली त्यस्तै निर्माण गरायो । अन्ततः एमालेले आदिवासी जनजातिको आँखामा नेम्वाङलाई वहीँ बाघको छाला ओढाएर शक्तिशाली बाघ जस्तै भएको देखाएथ्यो । तर वास्तविकता एमालेमा उनको हैसियत एउटा निरिहय गोठालोको भन्दा परको थिएनन् । मतलव उनको राजनीति प्रभाव जति बाह्रय थियो । दुर्भाग्य पार्टीमा भने उनको त्यो प्रभावको क्षयीकरण गरिएको थियो । उहीँ देख्दा र सुन्दा शक्तिशाली भए झैं ठानिएको मात्र हो । भन्नुपर्दा एमालेले उनलाई आम आदिवासी जनजातिको हकमा उनको अनुहार देखाएर भरपुर उपयोग र उपभोग मात्र गरिरहयो । कहिले सभामुख, त कहिले संविधानसभा अध्यक्ष बनाएर एउटा निष्कलंक प्रतिष्ठित कदका रूपमा त उभ्याई दिए । परन्तुः अझ् त्यो भन्दा पर, माथिको सम्मानीय पदभारहरु ग्रहण गर्न नमिल्ने जस्तै हुने गरी रोकटोक् गरियो । अर्थात त्यहाँ भन्दा पर, राजनीति पदीय प्रतिष्ठाको भर्याङ चढ्न र अग्लोकद निर्माण गर्न ओलीको इत्छाध्येसले निषेधाज्ञा अविलम्ब जारी गर्यो । जो ओलीकै इत्छाधीनले मात्र नेम्बाङको राजनीतिमा पदोन्नति लाभको अग्लोकद हुने, नहुने भन्नेमा हुकुमी परमादेश हुनुपर्ने अकाट्य अलिखित नियामवली लागू गरे जस्तै भएको थियो/हो ।

भलैः यी द्वयमा देखिने राजनीति जीवनशैली भने फरक-फरक थिए । लावती हार्डलाईनर थिए भने, नेम्बाङ सफ्टलाईनर हुन् । लावती प्रतिपक्षी आलोचकहरुको लागि आफै नै तरवार हुन् /बन्न सक्थे, खोज्थे पनि । तर, नेम्बाङको हकमा उनको तरवार केवल मात्र मन्द मुस्कान थियो । उनमा रिस र आवेगको रत्ति गन्ध देखिन्नथ्यो । तर, उनको रिसको आवेग भने उनले प्रस्तुत गर्ने मन्तव्य शब्दभाव शैलीले निर्यौल गर्ने गथ्र्यो । उनी आफ्नो विपक्षी र आलोचकहरुलाई सिम्बोलिक कटाक्षपूणर् बाण हान्न बहुत माहिर लाग्थे । फिरः नामनै किटान नै नगरीकनै आलोचकहरुलाई शब्दशैलीले ब्यङग्यात्मक प्रहार हान्ने र खुत्रुक्कै पार्ने नेम्बाङको अतभुत् कला थियो । अत एवः लावतीमा भने त्यो रत्ति देखिन्नथ्यो । उनी प्रतिपक्षी आलोचकहरुलाई बक्ररेखामा होइन, सिधै समरेखामा औंल्याएर खुइल्याउँथे । बरु एकाताका पञ्चायती कालरात्रीमा राजा वीरेन्द्रले प्रधानमन्त्रीको लाईनमा उभ्याइएको राजनीतिबृतमा बहुतै चर्चा सुन्नमा आउँथ्यो । यिनै लावती हुन्, जसले तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापालाई मन्त्री परिषदको क्याविनेट् बैठकमा डिसकसपछि कुर्सी उचालेर हाने रे भन्ने व्यापक हल्ला भएथ्यो/सुनिन्थ्यो । उनी पान्थरे जनताको लागि विशेषः न्याय र विकासको लागि पर्यायवाची बनेका थिए ।

दुर्भाग्य नेम्बाङले भने त्यो पर्यायवाचीको श्रेयको जस लिन सकेनन् । देशको विकास र आफ्नो संसद क्षेत्रको विकासलाई उनले जोड्न चाहेनन् । उनले जोड्न खोजेको मात्र देशको मुल संवैधानिक कार्यनीतिहरुमा उनको विशेषः भूमिका देखिएको हो । जनतासँग जोडिएको विकास र योजनालाई उनले वास्तै गरेनन् । अतः त्यहीँ मानेमा लिम्बुवानमा लावती बुढा सबैसँग जोडिएका थिए । उनी जतिको हक्की र निडर स्वभावको राजनीति व्यक्तित्व कोही कसै बन्न र जन्मन सकेनन् । उसै बाघ बुढा भनेर कथ्याइएको भने होईनन् । तथापी यसैबीच यी दुई राजनीति व्यक्तित्वहरुमा को शक्तिशाली हुन् ? भन्ने विषायन्तरमा कोही कसैको हकमा नेम्बाङ हुन् त कसैको नजरमा लावती हुन् । त्यस मानेमा भने संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछिको नेम्बाङ भन्दा, निरङ्ककुश तानाशाही पञ्चायती शासकीयकालकै लावती बुढा ज्यादात्तर शक्तिशाली देखिएका हुन् । नेम्वाङ दलगत पार्टीको पिजंडाभित्र कैद भएको निरिहय पक्षिंजस्तै नेता बने/थिए, त कसैको गोठालो जस्तै दास बनि रहे । कहिलेकाहीँ पिंजडा बाहिरचाहीँ देखिन्छ नै । जतिखेर उसको पखेटाहरु काटिन्छन् । हो त्यतिखेर त्यो पक्षिं पिंजडा बाहिर देखिने हो । अफसोंच उ उड्न भने सक्दैन् । जसको पखेटाहरु जति पलाउँदै जान्छन्, उति-उति कैँची लगाउँदै, काटिन्दै जाने हो । एमालेमा नेम्बाङको राजनीति हविगत वहीँ कैदी पंक्षिको जस्तै थियो । लावतीमा पनि दलीय पार्टी (राप्रपा.) थियो नै । तर उनी रत्तिभर बन्धक थिएनन् । राजनीति अग्राधिकारको स्वतन्त्रता थियो । लावती र नेम्बाङबीचको अन्तर यहीँ हो ।

फिरः भन्नुपर्दा नेम्बाङले नेपाली बाहुनवादी राजनीति सत्ताभोगमा ठूलो ओहोदामा पदासीन हुने उनी लिम्बू जातिको व्यक्ति चाहीँ हुन् । उनको हकमा उनी भाग्यमानी र अभागी दुवै जस-अपजसको श्रेय दुईटै पोल्टामा पारेका छन् । उनको लेखान्तमा त्यहींँ लिएर आएको देखियो । तर यो सिंगो लिम्बू समुदायको प्रतिनिधित्व गर्ने नेता उनी रत्तिभर होईनन्/थिएनन् । उनी मात्र सम्मानित संवैधानिक अंगभारमा सभामुख र संविधानसभा अध्यक्ष जस्तो गरिमामय ओहोदा सम्हाल्न पुगेका, एकमात्र आदिवासी जनजाति मुलका नेता भने हुन्/थिए । उसो त पञ्चायतकालिन् निरङ्ककुश तानाशाही शासकीयकालमै, उसबेला लावती (पद्मसुन्दर) शक्तिशाली मन्त्रालयको गृहमन्त्री बन्न पुग्नु भएको हो । त्यस मानेमा चाहीँ लावतीनै ज्यादै शक्तिशाली बनेका हुन् । जो प्रधानमन्त्री पछिको दोस्रो शक्तिशाली मन्त्रालयको रूपमा लिइने गरिन्छ । त्यसयता लावतीपछि दोस्रो लिम्बू जातिमा राजनीतिकर्मी नेताहरु, कोही गृहमन्त्री बन्न सकेका छैनन् । उनी लिम्बू समुदायमै सबैभन्दा धेरै पटक मन्त्री पड्काउँने/सम्हाल्ने नेतामा पनि दरिन्छन्/पर्छन् । तथापी अन्य मन्त्रालयहरु सम्हाल्ने लिम्बू जातिका नेताहरु त जो अनिगिन्ती छन् । आखिरमा जो जति विभिन्न मन्त्रालयहरुको मन्त्रीहरु बनेपनि, तिनले आफ्नो पहिचानको अस्तित्व रक्षार्थ, जाति र समुदायको खातिर एकरत्ति केही नि माखो मारेको छैनन् । बरु पञ्चायती निरङ्ककशता कालरात्रीका उनै लावती, शक्तिशाली बाघको रूपमा उदाए ।

लिम्बुवानको सघन आधार थलोमा, उनले लिम्बू समुदायमा आफ्नो एउटा अमिट छाप छोडेर गएका छन्/हुन् । परन्तुः नेम्बाङको जस्तो कपटिपूणर् दैत्य चरित्र र स्वभावमा आफ्नो अभिष्ट राजनीति इत्छापूर्ति गर्नेहरु त लिम्बू समुदायमा काफी जन्मन सक्छन् । तर दुर्भाग्य बाघबुढा बनेका लावती जस्तो नेता यो लिम्बू समुदायमा पाउँन गाह्रो छ । जो अब जन्मन्दैंनन् पनि । लावतीको दुर्भाग्य भने प्रजातन्त्र उदयपछि राजनीति समयानुकुल आफूलाई युगानुकुल बदल्ने प्रयास नगर्नु नै उनको आखिर राजनीति पतन हुनु हो । तथापी उनी प्रजातन्त्रको उदयकालपछि पनि आफ्नो थातथलो साविक क्षेत्रबाट एकपटक संसद निर्वाचित (२०५१/राप्रपा.) भए । लगतै कृषि मन्त्री समेत पड्काए । दुर्भाग्यता उनै बाघ बुढाको अलाङकारिक उपमाको पगरी गुथेका चर्चाका शिखर नेता लावती, उनको कायाचोला ढल्दा भने, अन्ततः गुमनाम बन्न पुगे । उनी कहिले ढले ? भन्ने कुरो यो लोकलाई पत्तोसम्म भएन । जुन दुःखान्त क्षण बन्यो । जुन नेम्बाङ ढल्दाको जस्तो न मलामीजन पाए, न त राजकीय सम्माननै पाउँन सके ।

आम-जनधारणा र राजनीति दृष्टिकोण

अपितुः नेम्बाङको हकमा गरिएको यो राजनीति टिप्पणीमा सतप्रतिशतनै यथार्थ भने छ नै । यो आफैंमा एउटा कोणबाट हेर्ने र बुझ्ने हो भने यसमा कुछ न कुछ सत्यता छ । यसलाई आम आदिवासी जनजातिले र विशेषः लिम्बू समुदायले यसलाई गहन तरिकाले मनन् भने गर्नैपर्छ । भन्नुपर्दा त्यो शक्तिको क्षयीकरणचाहीँ लिम्बू समुदायलाई बढी भो की, एमाले बाहुनवादीहरुलाई ? निश्चय नै त्यो शक्तिशाली क्षयीकरणको सबैभन्दा ठूलो घाटा चाहीँ एमाले र उसको पार्टी संगठनलाईनै हो । त्यसमा उसको मृत्युुले आम आदिवासी जनजातिलाई पनि प्रत्येक्ष-अप्रत्यक्ष रूपमा एउटा नेम्बाङ, लिम्बू समुदायको हुनुको अर्थले विशेषः शक्ति सन्तुलन त भत्क्योनै । जसलाई नेम्बाङको शक्तिशाली उपस्थितिले प्रतिरक्षाको आड्मा भने उभ्याएको थियो नै ।

उनी पहिचानवादी आन्दोलन विरुद्धका प्रतिपक्षी नै भएपनि, गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको उनी प्रतिरक्षा गर्ने रक्षक चाहीँ हुन् । अहिले यो संवैधानिक व्यबस्था माथि चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको अवस्थामा, उनी त्यसको आफैमा एउटा पहरेदार सिंपाही भने थिए नै । जो आज उनको अवसानले कथित मुर्दावादले मुर्कुट्टाहरु बन्न पुगेका मण्डले राजावादीहरुलाई ठूलो राहत भने मिलेको छ । नेम्बाङ ढल्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको शक्तिशाली पिल्लरहरु हल्लिनु र धर्माराउँनु पनि हो । जसको अभाव यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सदा खड्की भने रहने छ ।

यी व्यबस्थाको जग र पिल्लरहरु कतै हल्लिन थाले वा कमजोर हुँदै गएको आभाष भए, त्यो नेम्बाङको काँध झरेको हो भन्ने आत्मावोध गरिनुपर्छ । उनको अवसानले यो शासकीय व्यबस्था कमजोर हुँदैं जाने डर त छँदैंछ । त्योसँगै बाहुनवादी शासकीय सत्ताको जगपनि उनको अवसान र अभावले विस्तारै कमजोर बन्दै जाने नै हो । त्यस मानेमा अहिलेको पहिचावादी दलीय पार्टी र सम्बद्ध आन्दोलनकर्मीले नेम्बाङप्रति राजनीति प्रतिशोधपूणर् कटु आलोचनाले उपहास गरिरहनु भन्दा पनि, उनी प्रति हेर्ने दृष्टिकोणहरु बदल्नु सक्नु पर्छ । सधैं एउटै आँखा र एङगलबाट मात्रै त्यसको पटाक्षेप गरिरहनु हुन्न । त्यो दुर-दृष्टि राख्न सक्ने खप्परमा चेत राख्न सक्नुपर्छ । उनीप्रति राजनीति पुर्वाग्रह-आग्रहताको दृष्टिकोणमा समवेदनाभित्र असहिष्णु बन्नु, देखाउनु त्यो आफैमा राजनीति सौन्दर्यात्मक दृष्टि होइनन् ।
परन्तुः उनको देहत्यागपछिको समवेदनाले उनीप्रति हेरिने राजनीति दृष्टिकोणले नेपाली राजनीतिमा एउटा छुट्टै बहसको विषयलाई सतहमा ल्याईदिएको छ । यसले आफ्नो समुदायभित्र अपनत्वबोध नभए, नगरिए राजनीति बहिस्कृत एवं भावानात्मक सम्बन्धहरु नै तिरस्कृत हुने यो पहिचानवादको राजनीति आन्दोलनले निर्माण गर्यो । यसले आफ्नो समुदायको जसै अपनत्वबोध गरिनुपर्छ, नत्र यसको हित विपरित गए, घृणा र तिरस्कारले दण्डित गरिनुपर्छ भन्ने मानकलाई स्थापित गर्नमा नेताहरुलाई कठ्घरामा उभ्याउँन बाध्य गराउँदै लैजान सफल बन्दै गएको देखिन्छ ।

फलतः पहिचानवादको दबदबापूणर् राजनीति आन्दोलनको यो भागदौड्मा आदिवासी जनजातिको चेहेरा बोकेको एउटा गतिलो नेता, राष्ट्रिय राजनीतिको केन्द्रमा आफ्नो प्रभाव राख्न देखाउँन सक्ने फरक कित्ताका उनै नेम्बाङ मात्र न थिए/हुन् । जसको पहिलोपटक कायाचोला उठ्यो । उनैको कायाचोलालाई नै पहिलोपटक परिक्षणकालको कठ्घरामा उभ्याइयो । र, चर्को आलोचना र टीका-टिप्पणीहरु सहितको समवेदनाभित्र श्रद्धाञ्जली अर्पणको शब्दभावहरुको भारी वर्षाले पुरी दिए । भन्नुपर्दा उनको देहत्यागमा समवेदनाका श्रद्धाञ्जली ब्यक्त गर्नेहरुकोबीचमा पनि कित्ता-काटाकाट भएको सामाजिक सञ्जालभरी पोखिएको देखिएथ्यो । जुन पहिलो कट्टर आलोचकहरु थिए, पहिचानवादी दलीय राजनीति पार्टी, जातीयजन्य विभिन्न छाता संगठनहरु सम्बद्ध कार्यकर्ता थिए/हुन् । दोस्रो कित्ताका थिए, धर्मनिरपेक्षता विरुद्ध उभिने कथित अतिवादी हिन्दु बाहुन-क्षेत्री (अपवाद बाहेक) समुदायका हुन् । जसको बुझाईचाहीँ लोकतन्त्रसँगै हिन्दु अधिराज्य धर्मलाई खारेज गरी, धर्मनिरपेक्ष निर्माण गर्नुमा नेम्बाङकै मुख्य भूमिका हो भन्ने उनीहरुको लाटो अभिमत छ । जसको कारण नेम्वाङलाई घृणा र मुर्दावाद भन्दै आइरहेका हुन् । अन्तः तेस्रो कित्ता हो, जुन आफ्नै लिम्बु समुदाय हुन् । जो अधिकाँस लिम्बु समुदाय भित्रका जुनसुकै तह र तप्काहरुमा रहेका वर्गहरुले नेम्बाङको मृत्युमा समवेदना भन्दा बढी आक्रोशपूणर् आलोचनाहरुले अभिव्यक्त भएका थिए ।

आफ्नो समुदायको निम्ति एकरत्ति माखो नमारेको र अपनत्वमा लिम्बुवानको अस्तित्व स्विकार्न नसक्दा, उनीप्रति आक्रोश बढेकोथ्यो/हो । र जसको कारण उनलाई आफ्नो समुदाय र आम आदिवासी जनजातिले आफ्नो आँखाको कसिङ्गरको रूपमा उभ्याई दिए, र हेरे । अन्तः उनको मृत्युमा पनि आहत भन्दा बढी राहतनै भएको गोहीको कतिले आँशु झारे । कुचो लगाउँनु पर्ने कसिङगर, हावैले उडाई दियो भन्नेहरु पनि कति थिए । कतिलाई तातो न छारो भो । न शोक न चिन्ता । उसो त उनलाई समवेदना बढी घोप्ट्याउँनेहरु उनै एमाले, कांग्रेस र माओवादीका कथित बाहुनवादीहरु न थिए । काशः जे जस्तो सम्बन्धहरुमा जस्तोसुकै दरार र भाववेगहरु उर्लेपनि, जो नेम्बाङको मृत्यु शोक माथिको अवसानलाई सौन्दर्यात्मक चेतबाट दृष्टिकोण राख्न सक्नु पथ्र्यो । महा-शत्रुकै मृत्युवरण हुँदा नि रमाउँनु हुन्न । त्यसलाई सुखद् रूपमा लिनु नि रत्ति हुन्न । जति कठोरै बनेपनि दुख्नु र समवेदना घोप्ट्याउँन सक्ने मानवीयता प्रहसन गर्नैपर्छ । नेम्बाङ महाशत्रु र महामित्रु पनि थिएनन् । वैचारिक हिसावले राजनीति सिद्धान्त र कार्यगत नीतिहरुमा देखिएको बेमेल अन्तरद्वन्द्व न भाथ्यो । अफसोंच त्यो जस-जसको खप्परहरुले आलोचनात्मक चेतको दृष्टिकोण र अभाव बोक्न र राख्न सकेनन् र आत्माबोध गरेनन् । त्योनै आफैमा बढो मानवीय लज्जा र दुर्भाग्यता बनेथ्यो । जुन त्यो झन् मानवीय अक्षम्य महाभुलको दुर्गुण पक्ष पनि भएको हो, र थियो । अतः भएको देखि, सुनी ल्याएको परिदृश्यहरुमा यति न हो ।

राजनीतिकदः हाईब्रेट मकै र बोयलर कुखुरा जस्तै

अतः पहिचानवादी पक्षधरहरुले आफूहरुलाई गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको पहरेदारको रूपमा रक्षा गर्ने भन्नु, नेम्बाङले बोकेको काँधमा, काँध थाप्न सघाउँने भन्ने नै हो । उनले पनि जुन काँध थापेको थियो, त्यो स्थायित्व र अकाट्यता जस्तै हो/थियो । उनले आफैं काँध थाप्न नचाहेको चाहीँ पहिचानको आधारहरुमा निर्माण गरिने राज्य प्रदेशहरुको नामाङ्कन विषयहरुमा हुन् । जो उनी आफैं त्यसको आधारहरुमा प्रदेश नामाङ्कनहरु गज्जवले राख्न सकिनेछ, भन्ने संविधानसभा मार्फत, पहिचानको आधारहरुमा ५ र सामथ्र्यका आधारहरुमा ४ खोजिने छन् भनि नयाँ संविधान (२०७२) जारी गर्ने र त्यसको सदर साक्षीको रूपमा अध्यक्षता प्रमुख ग्रहण गर्ने पनि उनै हुन् । दुर्भाग्यः भनौं यहीँ लिखत संविधानले सम्बोधन गर्न लगाएको कार्यधिकार क्षेत्रलाई नेम्बाङ आफैले कार्यान्वयनमा रुपान्तरण गर्न, गराउँन एकरत्ति जोडबल गरेनन् ।

यो उनको राजनीति नैतिक बेइमानी र आम आदिवासी जनजाति विरुद्धको आत्माघाती कदम थियो/हो । लोकतन्त्र वहाली (२०६२/६३) पछिको देश संघीय लोकतान्त्रिक गणतन्त्रमा अन्तरिम संविधान (२०६३) मार्फत जारी हुँदै गर्दाताकाको थप संघीयताको मोडेल र नामाकरण विषयमा पटक-पटकको सडक आन्दोलनहरुको सफलताले प्राप्ति र उपलब्धिता गरेको हो/थ्यो । त्यो उसै पहिचानको आधारहरुमा संघीय प्रदेशहरुको नामहरु हुनुपर्छ भनेर जिद्वी गरेका होइनन् । अफ्सोंच नेम्बाङले आफ्नो जाति, समुदायको मात्र होइन, आम-आदिवासी जनजातिको राजनीति अग्राधिकार र संवैधानिक प्रावधानकै निषेधाज्ञा जारी गरे जसरी एमाले र ओलीको शासकीय वलमा पूरै बाधक बने । साथै जुन पहिचानवादी आन्दोलनको मागहरुलाई जातिवादी साम्प्रदायिकता भएकोसम्म औंल्याएर सम्बोधन गर्न भ्याए । उनले आफ्नो जाति/समुदाय र आम-आदिवासी जनजाति लगायत सिमान्तकृत वर्ग, जाति र समुदायलाई ठाडै उपेक्षाको हेय र दृष्टिले छिःछी र दुरदुर गर्दै गएका हुन् ।

परन्तुः उनले सर्वहारा वर्ग र भुईमान्छेहरु कहिल्यै देखेनन् । तिनको कहिल्यै प्रतिनिधित्व गरेनन् । अत एवः उनी आफै भुईँ मान्छेको कित्ताबाट राजनीति प्रवेश गरेका बबुरा थिएनन्/होइनन् । उनी लिम्बू जातिको कुलिन वर्ग भित्रका ब्रुजुवा शिक्षा मार्फत नै सुकिला-मुकिलामा ठाँटिने शहरिया कम्युनिष्टधारीका कथित एमालेको नेता बनेका हुन्/थिए । उनको पारिवारिक राजनीति ब्यागराउण्डको प्रोफाईलको मियोलाई हेर्ने हो भने, सबै नै सम्मुन्नत शासकीय कांग्रेसी बथानका हुन् । उनी त्यहीँ कांग्रेसी विर्यको लिगेसीबाट मिक्स प्रोडक्ट भएको हाईब्रेड वोयलर कुखुरा जस्तै कम्युनिष्टधारी बनेका हुन् । हेर्दा, देख्दा त गतिलो देखिने तर खाँदाचाहीँ स्वाद छैन् । हाईब्रेड मकैको बोट हेर्यो, रहरैलाग्दो त्यसको बोट र फल देखिन्छ नै । उहीँ खाँदाको स्वाद भने जिव्रोले झुठो बारन गरे जस्तै हुने हो । आखिर पहिले देख्दा र प्रयोगमा ल्याई टोपल्दा त हाईब्रेट र वोएलरहरु के के न पाए जस्तो भा हो । भरै भन्दा सार्है अच्छा नै त्यहीँ ठेट् लोकालिटी नै त रैछ बरै..!

अतः नेम्बाङको राजनीति ठेट् लोकालिटी नभएकोले आफ्नो भूगोल र जातीय समुदायको नेसन/राष्ट्रियता खोज्ने आदिवासी जनजाति राजनीति चिन्तकहरुले उनलाई हाईब्रेट वोएलरको रूपमा उभ्याएको हो/हुन् । उनी त्यहीँ वोएलर कुखुरी जस्तै हुन्, जो भालेको बीउ बिनै फुल (अण्डा) पार्न सक्छन् । तर विडम्बना जुन फुलमा अस्तित्व छैन् । मतलब त्यो फुलमा जीवन छैन् । त्यो फुलबाट चल्ला निस्कन्दैंन । कुखुरीको काम केवल मात्र फुल/अण्डा कोरल्नु हो । आखिर नेम्बाङको राष्ट्रिय राजनीतिमा आदिवासी जनजातिको हकमा, यहीँ अण्डा/फुल पार्ने/कोरली दिने काम मात्र भएको हो । मतलब ओथारो बस्ने र फुलचाहीँ पार्ने तर चल्ला काढ्न नसक्ने नामर्दी हुन् भन्ने सिम्बोलिकता हो ।

उनले संविधानको प्रत्याभुतमा गणतन्त्र, संघीयता र धर्म निरपेक्ष राख्नमा सदर न्यायिक साक्षी त बसे तर दुर्भाग्य त्यसपछि चाहीँ जे जे गर-मर । मतलब मर की बाँच गरे झैं अलपत्र छोडी दिए । उनी चल्ला काढ्न नसक्ने त्यहीँ थारो बोयलर कुखुरी भएको कै अन्ततः प्रमाण पेश गरे । र आफ्नो राजनीति संँगसँगै जीवन चोला पनि सदालाई यमराजको मत्र्यलोकमा समर्पित गर्न पुगे । भन्नुपर्दा, नेम्बाङको यहीँ समवेदनाहीन राजनीति यात्राको कदमहरुलाई पहिचानवादी दलीय पार्टी र चिन्तकहरु माँझ उनी घृणित र अलोकप्रिय हुनुको कारकतत्व यहीँ थियो । तसर्थः नेम्बाङलाई सदा प्रतिवाद, विरोध र उछितो काढेका हुन् ।

पहिचानबादी राजनीति मुद्दाको उपहास गर्नु

गत १७ फागुन (२०७९) प्रदेश न. १ लाई छापामार शैलीमा निरङ्कुशतापुर्वक कोशी नामाकरण गरेपछिको नेम्बाङको राजनीति शैलीमा पनि बद्लाभाव आएको देखिन्थ्यो । उनी पहिचानवादीहरुको आन्दोलनप्रति झन् अनुदार दृष्टिकोण राख्दै आएको देखिन्थे । त्यसमा लिम्बुवान आन्दोलनलाई त उनले आफ्नो राजनीति कोर्षबाटै निषेधाज्ञा जारी गरे जस्तै टिप्पणीहरु राख्थे । लिम्बुवानप्रति उनको नफरत/घृणा जाग्थ्यो । घृणा मान्नु र ईरिटेड लाग्नु अनि लिम्बुवानप्रति उनको आत्मामनमा थोरै आस्थाको जग्गापनि नरहनु, नदेखिनु आफैंमा उदेकलाग्दो थियो । फिरः त्यो भावशैली उत्पन्न हुनुमा पनि स्वभाविक नै देखिन्दो छ । किनकी यिनको बाउ बाजेको कालमै लिम्बुवानको भूमि/किपट, राजा महेन्द्रलाई समर्पणपूणर् बुझ-बुझारथ गर्न, गराउँनमा यिनको परिवारपनि संग्लनता भएको र गरी ल्याएको इतिहासले औंल्याउँछ । जो लिम्बुवानको भूमि/किपट विरुद्ध आफ्नो जाति/समुदायको अस्तित्व बन्धक/लिलाम गर्ने धोकेबाजी गद्वार गर्नेकै सन्तान हुन/परे । अन्तः उसलाई लिम्बुवानको राजनीति अस्तित्व र भूमि मुक्ति र प्राप्तिप्रतिको के बाल ? के को टाउको दुखाई रह्यो र ? तातो न छारो । बाहुनवादी शासके नेताहरुको यसमेन र हनुमाने भक्त बन्न पुगेका नेम्बाङलाई पहिचानवादीको आन्दोलनप्रति सधैं विष्तृष्णा रहिरहयो । पछिल्लोपटक कोशी नामाङ्कन विरुद्ध उभिएको पहिचानवादी आन्दोलनहरुको हकमा उनले विषवमन गर्दै आइरहेका थिए । यो पहिचानको ढुँगा त बढो गरुङ्गो पो हुँदोरहेछ भन्दै उनले विभिन्न एमालेकृत मञ्चहरुमा खिसिट्युरीहरु गर्दै आइ रहेथे । देहत्याग गर्नु ७२ घण्टा पुग्नु पूर्व नै धरानका युवा भेलालाई पुनः प्रस्तुत सम्बोधन गरेको थिए ।

त्यसो त उनी संविधानसभा अध्यक्ष रहँदैं लिम्बुवान हुन नसक्ने अभिव्यक्त झापाको दमकमा एक समय पत्रकार सम्मेलन मार्फत दिएका थिए । लिम्बुवान विरोधी कित्ताका एक नम्बर अगुवा नेताको रूपमा यिनै ओली र नेम्बाङ हुन्, भने बादमा उनीहरुको एमाले पार्टी नि झन् अछुतो रहने कुरै भएन । त्यसो त कांग्रेस, माओवादी र राप्रपा पार्टीहरुचाहीँ फेरि शुभेच्छुक आस्थावादीहरु रत्ति होइनन् । तर एमाले जस्तो कट्टर जडसूत्रवादी विरोधीहरु भने भएनन् । यसपटक पूर्वमा संघीय होस् वा प्रदेश मन्त्री हुन् या संसदहरु हौउन्, तिनलाई आफ्नो क्षेत्रमा आउँदा होस् वा जुनसुकै कार्यक्रमहरुमा सहभागिता गर्न आउँदा जाँदाको होस्, पहिचानवादी आन्दोलनरत पक्षधरहरुले बाटो अवरोध र निषेधाज्ञा जारी गर्ने उर्दी गरेको थियो । जुन आन्दोलन निरन्तर जारीनै छ । जो यो आन्दोलनलाई प्रदेश सरकारको प्रहरी दमन र बर्बताको कारण, लाजेहाङ सुक्वाबा (पदम) ले वीरगती प्राप्ति गरिसके । किरात लिम्बुवान प्राप्तिको निम्ति उनी वीर सहिद बनि सके । अन्तः यस्तै भद्रगोल स्थितिमा ओलीले आन्दोलनको उपहांसपूणर् ध्वज्जी उडाउँंदै यिनै नेम्बाङको अनुहार लिएर, एमालेको सम्पन्न हुने कार्यक्रमहरुमा अभियान यात्रामा निस्केका देखिन्थे । नेम्बाङकै सघन गृहथलो इलाम पुगेर ओलीले पहिचानवादी आन्दोलनरत पक्षधरहरुलाई आँतकवादी भनेर औंल्याए । अफसोंच के रहयो भने, आफ्नै आदिवासी जनजाति समुदायले राजनीति अग्राधिकार न्याय र समनताको लागि शान्तिपूणर् आन्दोलनमा होमिएकाहरुलाई उनको सर्वोच्च नेताले आंतकवादीको संज्ञा दिँदै ंगर्दा यी नेम्बाङ मन्द मुस्कानमा मुसुमुसु हाँस्दै आत्मरतिमा रमाई रहेको उनको भावभंगीहरुमा देख्न पाइन्थ्यो । अन्तः हो यहीँ पल/क्षणहरुको कारणले नै ओली भन्दा नेम्बाङप्रति बढी पहिचान पक्षधरहरु क्रुद्व बने र घृणा गरेका हुन् ।

उनको मृत्युमा आहत/दुःख नहुनुले यसैलाई उनीहरुले आत्मा सम्मानमा चोट/दख्खल पुगेको माने/ठहराए । जसले आफ्नो आम समुदायको प्रतिरक्षाको रूपमा नेम्बाङले ओलीको उक्त अत्याचारी आरोपको खुलेरै प्रतिवाद र खण्डन गर्न सक्नुपथ्र्यो । दुर्भाग्य ओली महाराजको हनुमाने भक्त न परे कठै..! के को टिप्पणी र खण्डन गर्ने आँट गर्थे र नि ? उल्टै आफ्नै अनुहारहरु माथि उपहांस पूणर् खिसिट्युरी पो गर्दै पहिचानवादी आन्दोलनकर्मीहरुको तेजोबध गर्दै उछित्तो काढ्दै थिए । उनी आफ्नो लिम्बू समुदायबाट र अन्य आम आदिवासी जनजातिसँग यसैको कारण चुक्दै-चुक्दै गएका हुन/थिए/पहिचानवादी पक्षधरहरुसँग दिनप्रतिदिन राजनीति मेलमिलापको मिलन विन्दुको दुरीहरु बढ्दै जानुमा, नेम्बाङकै राजनीति व्यबहार र उनको पटाक्षेपपूणर् शब्दवाणहरुनै बढी घातक सावित बनेथ्यो । आखिर अन्ततः त्यो नै उनको हकमा प्रत्युत्पादक कारकतत्व बन्न पुगेको हो, लैलै..!

संविधानको रक्षक की, भक्षक हुन्…?

संघीय लोकतान्त्रिक गणतन्त्रपछिका नेम्बाङ, संविधानको रक्षक भन्दा बढी भक्षक बन्दै गएका हुन् की भन्ने देखिन्दै गएका थिए । ओलीको अन्धभक्त बन्दा र ओलीलाई देवत्वकरण गर्दै जाँदा उनले आफैले कबुल गरेको संविधानको निर्मम घाँटी निमोठ्नेसम्मको हर्कत र आँट बटुले/गरे । जुन ओलीले दुई दुई पटक प्रतिनिधि संसद भंगगर्दा, यिनले उनैलाई आत्मा-सम्मानपूर्वक साथ दिएका थिए । उसताका यिनले देशको मुल संविधान भन्दा ठूलोचाहीँ ओलीलाई ठाने/देखेका हुन् । संविधानको मुल भावना विपरित आवेगमा बाटो विराएर बहकिएका ओलीलाई सही मार्गमा ल्याउँनुको साटो, उल्टै त्यहीँ बाटोनै सही हो भन्दै ओलीलाई झनै उकास्ने कार्य यिनै नेम्बाङले गरेका हुन्/थिए । अन्ततः ओलीको यहीँ भ्रष्ट आचरण र कु बुद्विमा लय र ताल मिलाउँन जाँदा, नेम्बाङको राजनीति निष्कंलकता र इमान्दारिताको प्रतिष्ठामा आँच आयो । समन्वयकारी प्रमुख व्यक्तित्वको पगरी गुथेका उनको हकमा दैत्य चरित्रको रूपमा सर्वाङ्गै खुइलियो । हो त्यहीँ र यहीँ कारणबाट नेम्बाङले कमाएको आजीवन राजनीति प्रतिष्ठाको अग्लोकद उसैदिन देखिन् गर्ल्याम गुर्लुम्म ढल्न पुगेको हो । नेम्बाङको अर्को आत्माघाति गरेको त्रुटिको पनि स्मरण गरौं की, उनले दोस्रो संविधान सभाको आम निर्वाचन (२०७०) पछि, पुनः संविधान सभाको अध्यक्ष निर्वाचित हुँदै ंगर्दा सम्बोधन गर्दै भने, अघिल्लो पहिलो विघटित संविधान सभाले अनुमोदन गरेका…..! सर्वस्विकृत कार्यनीतिहरुको अक्षरस सबैनै स्वमित्व ग्रहण गरिनेछन् भनेर प्रतिबद्धता बाचा जाहेर गरेथे । दुर्भाग्य उनले आम आदिवासी जनजाति समूहको ककस युनिटीले तयार गरेको राजनीति अग्राधिकारको न्यायिक दस्तावेजलाई स्वामित्व लिन एकरत्ति आवश्यकता ठानेनन् ।

दोस्रो पटकको संविधानसभामा ककस युनिटीको पुनः आवाजहरु बुलन्दित हुँंदा, उनकै एमाले सम्बद्ध सभासदहरुले चर्को विरोध र आलोचना गरेका थिए । आखिरमा यिनै नेम्बाङले यो हस्तक्षेपकारी निणर्यको अनुमोदन गरे । र ठाडै इन्कार गर्दै ककस युनिटी निर्माण गर्न नपाइने भन्दै हथौडा मारे । अनि पहिचानवादी पक्षधरहरुको घाँटी निमोठ्ने कार्य गरियो । ति बुलन्दीत आवाजहरुलाई जबर्जस्त संविधानसभा बाहिर गलहत्याइएको थियो । नेम्बाङले जसको प्रतिरक्षा गर्नुभन्दा बरु झनै प्रतिरोध गर्नमा सघाउ पुर्‍याएका थिए । आफ्नो आम आदिवासी जनजाति समुदायको अग्राधिकारहरुको रक्षक बन्नुभन्दा ज्यादात्तर भक्षकको रूपमा बाधक नै बने । उनै बाहुनवादी शासके नेताहरुको पहरेदारको रूपमा उनले संविधानसभाको अध्यक्षताको नेतृत्व गरेथे । जो उनी आफै फुटवलर स्ट्राकर बने, तर अफसोंच यो रहन गयो की, उनले आफ्नै समूहको (समुदाय) पोष्टमा लगेर जबर्जस्त गोल ठोकी दिएथे । जुन गोल आफैमा महा आत्माघाति बनेथ्यो । वास्तविक यथार्थ कहनुपर्दा, उनी आफैं एम्पायर/रेफ्री र स्ट्राइकर बनेथे/थिए । अन्तः गोलपोष्टमा गोल छिराउँने काम पनि आफैले गरे । जुन कार्यले आज आफ्नो आम समुदायको पहिचानको अस्तित्व माथि संकट थोपरिन्दै गएको बुझ्नलाई गाह्रो छैन् ।

उनै नेम्बाङ सभामुख मात्र पाँचौ पटकसम्म बन्न भ्याएथे/बने । भने, संविधानसभाको अध्यक्ष पनि उहीँ दुई दुई पटकसम्म बनेथे । तर, निष्कलंकित राष्ट्रिय कदको छवि निर्माण गर्ने भ्रममा, यिनले आदिवासी जनजातिको राजनीति मुद्दाहरुलाई, जातिवादीताको ट्याग लाग्ने र औंल्याउँलान् भन्ने मिथ्या भ्रमको डरले सबै कत्लेआम गरे । र, बलजफ्त्ती विभेदमा उपेक्षासँगै किनारा लगाइए । फेरि दलीय पार्टीहरुले ककस युनिटमा आबद्धता हुने सबै आदिवासी जनजाति सभासदहरुलाई सदनमा आफ्नो पार्टीको ह्वीप जारीको उर्दी गरे । जसै दोस्रो संविधान (२०७२) घोषणा गर्दै गर्दा, आदिवासी जनजातिको नीतिगत मुद्दाहरु सबैनै ढिसमिस गरियो । जसको एकमात्र सदर साक्षीको नेतृत्व नेम्बाङलेनै गरेका थिए । तसर्थः उनी न संविधान र आदिवासी जनजाति समुदायको रक्षक थिए, न की समन्यकारी बनेथे । बाहुनवादी शासके नेताहरुको हकमा र उनीहरुको आँखामा मात्र उनी समन्यवकारी देखेथे र बनेथे होला सायद । आफ्नो समुदायको हकमा त केवल उनी आत्माघाति र आँखाको कसिङगर मात्र बनी रहे ।

छलकपटपुर्ण राजनीति र श्रेयको भोक

नेम्बाङलाई जतिसुकै सरल, इमान्दारी, असल र मृदुभाषि निष्कलंक नेताको रूपमा तारिफ अनि प्रशंसाहरुको थुप्रोले अग्लोकदको बनाएपनि, यिनी एक नम्बर कपट्पूणर् राजनीति गर्ने साथै आफै जस् र श्रेयका भोका नेता हुन् । यिनले महागुर फाल्गुनन्दलाई राष्ट्रिय विभूति बनाउँन, उनी आफैं त्यसको योजनाकार, प्रस्तावक र समर्थक नि आफै नै भएको झैं लज्जास्पद तर्क पेश गरेथे, जो एकरत्ति सत्य होइनन् । उनी त्यसको न योजनाकार, न प्रस्तावक, न त समर्थकनै हुन्, न थिए । जसको प्रमुख योजनाकारनै पूजनीय धर्मगुरु आत्मानन्द लिङ्देन सेईङ हुनुहुन्थ्यो । भने किरात धर्म सम्बद्ध धार्मिक संगठनका नेतृत्वगणहरुको पहल र अन्य किरात जातीयजन्य संघसंस्थाहरुको विशेषः समन्यकारी भूमिका मार्फत नेपाल सरकारमा डेलिकेसन दर्ज/दस्तखत गरिएको थियो । उस बेलाको तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वकालमा महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिको रूपमा घोषणा (१६ मंिसर २०६६) गरिएको हो । भलैः नेम्बाङको भूमिका किमार्थ थिएन, रहेन भन्ने होइन के । थियो नै, उनी आफै त्यहीँ क्षेत्रको सम्बद्ध प्रतिनिधि संसद/पात्र भएको नाताले पनि उनको संयोजनकारी भूमिका केही रहयो नै । तर, थियो भन्दैमा आफैनै त्यसको भिजनकारी भए जसरी फलाक्दै सबैको श्रेय र जस् लिने भोकदारी त बन्नु भएन नि भन्ने हो । उनले अर्को राजनीति बेइमानी गरेथ्यो, त्यो हो गत (४ मंसिर २०७९) सम्पन्न आम निर्वाचनमा एमालेको तर्फबाट बहुपहिचान सहितको प्रदेश न.१ मा नामाकरण बनाउँछौं भन्दै यिनले आफ्नो इलामको क्षेत्र न. २ मा मतदाताहरुसँग मत/भोट माग्दै हिंडेका हुन् । फिरः उनहरुको पार्टी चुनावी घोषणा पत्रमै पनि उल्लेखित भएथ्यो ।

अन्ततः नेम्बाङ फेरि विजयी बने । जुन उनको हकमा पाँचौ पटक प्रतिनिधि सभाको अपराजित संसद यात्रा बन्दैथ्यो । तर उनको चुनावी प्रतिबद्धताले एकरत्ति मेल खाएन । उहीँ छलछाम र ढाँट्को राजनीति गरेथे । फिरः स्मरण गरौं की, उनले गुरुआश्रमस्थलमै पुज्य धर्मगुरुज्यूकै सम्मुख साक्षी उभेर बहु-पहिचान आफ्नो एमाले पार्टीले राजनीति मुद्दाको रूपमा उठाउँने र भोलि सदनमा अनुमोदन स्वीकृति गर्ने प्रतिबद्धता सहितको वाचा/कसम खाएथे । जो फगत भ्रममा राख्दै, रातारात छापामार शैलीमा प्रदेशको नाम कोशी राखेर हेरेको हेर्यै बनाईदिए । उनको देहत्याग हुनु केही दिन पूर्व धरानमा आएर नेम्बाङले धर्मगुरुलाई बहुपहिचान दिन्छौं भनेर मत मागेकै हो, तर के गर्ने प्रदेश सभामा ८२ जना माननीयले कोशी नाममा मात्र सहमति गरेछन् । तब हामीले के गर्न सक्छौ र ? जब मान्य सदस्यहरुले त्यहीँ नाममा मात्र दुईतिहाई बटुले र अनुमोदन गरियो भनेर सम्बोधन मार्फत आलटाल गरेको सन्देश प्रवाह गरे । जसको ६० घण्टा नबित्दै उनको चोला उठ्यो । मतलव प्राण त्याग गर्नु परेको थियो । यसको आशय उनलाई माङदण्ड/देवदण्ड अर्थात गुरुज्यूको श्राप लाग्यो भन्ने होईन । दुर्भाग्य नियतीले चाहीँ संयोगबस् गलहत्यायो भन्नेमा दुःखेसो लागेको हो । त्यसो त कोशी नाम प्रस्ताव भए, मेरो औंला च्वाट्टै काट्छु, तर हस्ताक्षर गर्दै गर्दिन भन्ने माओवादीका प्रदेश सांसद इन्द्र आङबो हुन् ।

उनी पूर्व अर्थ योजना मन्त्री नि हुन् । यिनले पनि उहीँ नेम्बाङले जस्तै धर्मगुरुज्यूलाईनै सदर साक्षी राखेर उक्त सम्बोधन गरेका थिए । आखिर उनको राजनीति पनि नेम्बाङकै सेम पुनारावृती न हो । साईकोलोजी मनोभाव दर्शाउने हो भने त, दोख लागेकै बातले नेम्बाङ सदाको लागि ढलिसके । भने, अबः दोखको सजाय पाउँने पालो आङबो हो भन्नुपर्छ । यदि छलकपट र बेइमानीको राजनीति गर्ने र धर्मगुरुज्युहरुकै सम्मुखमा सदर साक्षी बसेर यस्तो उडन्ते मिथ्या कपोकल्पित राजनीति गफको हाँकहरु दिनु पक्कै शोभनीय होइन । अतः धर्मगुरुज्यूहरुलाई नै पट्मुर्ख र उल्लु बनाउँदै सम्झन्नु भनेको नेम्बाङ र आङबोको हकमा र बाँकी अन्य दलीय पार्टीको नेताहरुको हकमा पनि, कतिको राजनीति इमान्दारिता र न्याय छ त ? के त उनीहरुको कथित कम्युनिष्ट नामधारीको राजनीति सत्यताको सौन्दर्यताचेत यहीँ नै हो कमरेड महोदय ?

बार-बार माङगेन्ना चोत्लुङ उठ्ने र बार-बार ढल्दाको आत्मानुपिडाभावहरु

नेपाली राजनीतिमा नेम्बाङ अपराजित यात्रा गर्ने अहोभाग्यमानी नेता थिए । कालोकोट धरेर बामपन्थी कम्युनिष्ट राजनीतिमा हामफालेका उनले सफलताको भर्‍याङ भने निरन्तर चढि रहे । राष्ट्रिय सभा सदस्य दुई पटक (२०४८/२०५१) बने । त्यसपछि कानुन, न्याय तथा संसदीय व्यबस्था मन्त्री (२०५१) बन्न पुगेथे । अन्तः त्यसपछि भने प्रत्यक्ष निर्वाचन (२०५६) मार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित बने । त्यसयताको निर्वाचनमा लगातार पाँचौ पटक (२०५६/०६४/०७०/०७४/०७९) सम्म अपराजित निर्वाचित संसद यात्राको लोकप्रिय ताजको पगरी गुथी रहे । अतः लोकतन्त्र बहाली (२०६२/०६३) पछि सभामुखको जिम्मेवारी सम्हाले । संविधानसभाको निर्वाचन (२०६४) पछि उनी फेरि संविधानसभाको अध्यक्ष सर्वसम्मतले विजयी भए । संविधानसभाले ६ वर्ष लामो नयाँ संविधान दिन नसकेपछि असफल भएथ्यो । पुनः संविधान सभाको दोश्रो निर्वाचन (२०७०) सम्पन्न भयो । त्यसमा फेरिपनि उनै नेम्बाङलाई अध्यक्ष बनाइए । पहिलो असफल बनेथे, भने दोस्रो अध्यक्ष कार्यकालको चाहीँ सफलताको जस् लिए । मतलव नयाँ संविधान (३ असोज २०७२) जारी गरेका थिए । त्यसयता उनी निर्वाचित संसद र पार्टीको पोलिट्ब्युरो सदस्य हुँदै, फेरि स्थायी समिति सदस्यमा पदोन्नतिमा बढुवा हुँदै गएका हुन् । अनि दुई पटक प्रतिनिधि संसदमा पार्टीको तर्फबाट उप नेताको पद ग्रहण गरे । स्मरण रहोस् ,उनी ढल्दै गर्दा उनको पदभार भने सिर्फ उहीँ संसद र उपनेता थियो ।

फिरः स्मरणीय कुरा चाहीँ नेम्बाङको अपराजित राजनीति यात्राहरु (२०४८-२०८०) यहाँसम्म आइपुग्दा बढो ऐतिहासिक इतिहास रच्न सफल राजनीति नेताको रूपमा भाग्यमानी मान्नुपर्छ । राजनीति यात्रामा यस्तो इष्र्यालाग्दो सफलताको शिखर चढिरहन पाउँने त्यस्तो भाग्यमानी मान्छे, यो लोकमै विरलै सुनिने र भेटिनेमा दुर्लभ मानिन्छन् । उनै व्यक्ति थिए, स्व. सुवासचन्द्र नेम्बाङ । अन्तः यहाँसम्मको राजनीति पथ/पद यात्राहरुमा आइपुग्दा बार-बार उनको माङगेना चोत्लुङ/शीर फक्ताङलुङ जस्तै, अट्ल र उच्च उभेकोथ्यो र त्यो देखिन्थ्यो । तर, अफसोंच उनको राजनीति यात्राको दौरानमा दुर्भाग्य के हुँदै आइदियो भने, यिनले जब आफ्नो पार्टी अध्यक्ष केपी. ओली कमरेडलाई देवत्वकरणको रूपमा आस्था र पुज्न थालेसी यता नेम्बाङको राजनीति यात्राहरु ओरालो लाग्न थालेको हो । वास्तवमै यथार्थ कहनुपर्दा सम्बद्ध एमालेकृतमा यस्तो टिकाटिप्पणीहरु सुन्नुपर्दा पक्कै नमिठो पीडाको अनुभुत त हुन्छ नै सायद । तर, शाश्वत यथार्थ यहीँ नै थियो की, नेम्बाङ माङगेन्ना चोत्लुङ ढाल्ने/लढाई दिने उनले पुजेका ओली नै हुन् । यति समिक्षात्मक टिप्पणी राख्दै गर्दा के अतिशयोक्ति नहोला र ? जब नेम्बाङले राजनीति पदोन्नति हुने आकांक्षाको ग्रिन सिग्नल दिन्छन्, उनै ओलीले ब्याक टु निषेधको दोस्रो पर्खाल उभ्याई दिने गर्छन् । नयाँ संविधान जारी भएसी तत्कालिन राष्ट्रपति रामवरण यादवले आफ्नो जिम्मेवारी पुरा गरेका हुन् । त्यसपछि नेम्बाङले आफू राष्ट्रपति हुने आकांक्षी देखाएथे । तर पर्खालको रूपमा झलनाथ खनालले पनि राष्ट्रपति बन्ने चेक् राखे । तब ओलीलाई नेम्बाङको सिग्नललाई, झलनाथले चेक् राखि दिएपछि क्रसफ्लोर गर्न बाटो खुल्न सहज भयो । ओलीले विद्यादेवी भण्डारीलाई जबर्जस्त राष्ट्रपति (२०७२) उभ्याई दिए । विचरा नेम्बाङ विलखबन्दमा परे । तैपनि उनले हार भने मानेका थिएनन् ।

फेरि दुई वर्षपछि संसदीय निर्वाचन (२०७४) सम्पन्न भएथ्यो । नेम्बाङले फेरि राष्ट्रपति हुने उत्कण्ठा जागृत गराएथे । विडम्बना उनै ओलीले फेरि नेम्बाङलाई ठाडै उपेक्षित गरे, उनै राष्ट्रपतिमा भण्डारीलाईनै पुनः दोर्‍याई दिए । नेम्बाङ जतिजति सपनाहरू देख्छन् र बुन्छन्, उनको ती सपनाहरू भत्काउँने र तुहाई दिने कार्यहरु अरु कोही नभएर उनकै परम रामदेव भगवान झैं मानेका ओलीबालेनै गर्दै आइरहेको हो । ओलीको हकमा नेम्बाङ, उहीँ एकलब्य जस्तै बबुरो हुन् । जो महागुरुको वचनलाई अमृत मान्छ र विष पिउँन पनि राजी हुन्छन् । नेम्बाङ उनै ओलीको वचनलाई देवगुरु समान अकाट्य मान्दै आइरहेथे । अन्तः नेम्बाङ उठ् भन्दा उठ् । बस् भन्दा बस् ! चरित्रको राजनीति बसाई निर्माण गरिसकेका थिए । तर उदेकलाग्दो के रहयो भने, यति हदसम्म ओलीले उनको भावना र विचारहरु माथि गेम खेल्यो की, ताकी त्यसमा नेम्बाङलाई कति नि दुखेन र छोएन पनि । जुन बाहुनवादी जातीय गन्धको पराकाष्ठाले सिमा नाघेथ्यो । उसो त फेरि घुमिफिरी पाँच बर्षपछि, उहीँ संघीय संसदीय निर्वाचन (२०७९) सम्पन्न गयो । पुनः राष्ट्रपति हुने उम्मेद्वारीहरुको चर्चा-परिचर्चाहरु चल्न थालेथ्यो । त्यसमा नेम्बाङको चर्चा बहुत चल्याथ्यो । उनलाई नोमिसन पनि गराइयो । तर, यसपटक उनलाई उनै ओलीले दशैताका सप्तमीको दिन मार हानेको बोकोलाई झैं वलि चढाउँन लगाएथे । नेम्बाङले आफू बलिको बोको भएको/बनाइएको बुझिकनै पनि, उनी हाँसी-हाँसी गर्धन दिन तयार भए र बलि चढि दिएथे । अघोरी कसाहीको रुपधारण गरेका ओलीले जब आफ्नो पार्टीले राष्ट्रपति सुनिश्चित जित्छ भन्ने हुँदा उसताक ईश्वर पोख्रेललाई अघि सारे । अन्तः विपक्षी कांग्रेस कित्ताका गठबन्धनको तर्फबाट रामचन्द्र पौडेलले जित्ने (२०७९) पक्का भएसी, यिनै नेम्बाङलाई हारको बाजी बोक्न लगाई दिएथे । उनलाई ओलीले कुमालेको गधाको रूपमा प्रयोग गरे अनि राजनीतिवृतमा बढो गज्जवपूणर् लोकलाई लज्जाको रमिते बनाई दिए,कठै..!

फलतः नेम्बाङ ओलीको अतिवादी अनुयायी बन्न पुगेसी, उनी ओलीको चाणक्य कुटनीतिको सिकार बनिरहे । एकताका ओली दुई तिहाई सरकारको प्रधानमन्त्री (२०७७) भएको बेला प्रचण्डसँगको विवादले उनीहरुबीच कित्ताकाट भएथ्यो । प्रचण्डले ओलीको राजीनामा माग गरेथे । त्यसैको आवेगको कारण ओलीले दुई पटक संसद भंग गरे । त्यसताक ओलीले प्रचण्डलाई अचम्मैको प्रस्तावको सरप्राईज कार्ड हुत्याई दिए । त्यो प्रस्ताव थियो, कमरेड नेम्बाङलाई प्रधानमन्त्री स्विकार्ने हो भने, आफू पदबाट राजीनामा दिन तयार छु । के स्वीकार्न सक्ने हो ? लगत्तै प्रचण्डले नेम्बाङलाई प्रधानमन्त्री बनाउँन अन्तर-मनबाटै तयार रहेको जवाफ बालुवाटार पठाई दिए । बदलामा ओलीले संसदनै विघटन गरिदिए । ओलीले केटाकेटी भुराहरुको पारामा नेम्बाङको राजनीति प्रतिष्ठामाथि यतिसम्मको मजाक-ठट्टामा उल्लुसम्म बनाउँन भ्याए । जहाँ, जतिखेर पनि उनको हकमा नेम्बाङलाई जे गर्दा नि हुन्छ, जसो गरे नि हुन्छ भन्नेमा ओलीको शासकीय अहंमताले एकछत्र राज गर्दै गएको देखिन्छ । फिरः ओलीले नेम्बाङ माथि त्यतिमात्र अन्याय गरेको छैन, गत एमालेको दशौं पार्टी महाधिवेशन (२०७८) चितवनमा सम्पन्न हुँदै ंगर्दा, नेम्बाङले आफू वरिष्ठ उपाध्यक्ष बन्ने इत्छा शक्ति देखाएथे । उनै ओलीले त्यो पदभार लाभ हुन किमार्थ दिएनन्/पूरै चेक एण्ड ब्यालेञ्जको रूपमा उनले उहीँ ईश्वर पोख्रेललाई वरिष्ठ उपाध्यक्ष बनाई दिए । विचरा नेम्बाङलाई जसै प्रोटोकलविहीन उहीँ उपाध्यक्ष पदमै चित्त बुझाउँन उर्दी जारी गरे । नेम्बाङ जति-जति पटक थेचारिए, उति-उतिपटक नै चुपचाप मौंनता साँध्दै बसे । उनले आफ्नो देवत्व मानेका कमरेड ओलीलाई, आफू दुखेको र चित्त फाटेकोबारे कहिल्यै बोध गराएनन् । कमरेडको कहिल्यै खण्डन र टिकाटिप्पणीहरु गर्दै, सार्वजनिक रूपमा कहिल्यै पनि ठाडै औंला उठाएर औँल्याएनन् ।

उनी सदा ओलीको अन्धोभक्त झैं बनेर यसमेन बनि रहे । अफसोंच बदलामा उनी ओलीको बाहुनवादी शासकीय जाँतोको घानमा सदा पिसी रहनु पर्यो । जबकी उनले आईया, आत्थ र मरे आमा-बाबासम्म भन्न सकेनन् । पार्टीमा उनको जतिनै प्रशंसा र तारिफहरुको जय जयगान गायिरहेपनि, त्यो सव नौंटङकी मञ्चन भा हो । उनी ढल्दाको समवेदनाको रोनाधोना त्यो सबै गोहीको आँशु सिवाए केही होईन, थिएन । वास्तवमा भन्नुपर्दा ओली र पार्टीको हकमा, नेम्बाङलाई त्योभन्दा माथिको अग्लो पदासीन टाकुरामा चढ्न नदिने निषेधको प्रपञ्च नै हो र थियो । त्यो भन्दा माथि एउटा आदिवासी समुदायको लिम्बुको छोरालाई उभ्याउँन वा पुर्याउँन हुन्न भन्ने उनीहरुको बाहुनवादी गायत्रीमन्त्र नै हो । ताकी जो कोही आदिवासी जनजातिका समुदाय र सिमान्तकृत बर्ग र जातीले हामी माथि शासन नगरुन् । कमरेड नेम्बाङको उपयोग र उपभोगको मिसन अब सकियो, उनीहरुको भित्री अन्तष्करणले यसो भन्दो हो सायद । नेम्बाङ बाठोलाई रित्याएर उनीहरु भरिएको पत्तो नै दिएनन् बरै । एउटा लोकप्रिय नेपाली आख्याँन सुनेथें, लाटो लड्छ रे एक बल्ढ्याङ, अनि बाठो लड्छ रे सात बल्ढ्याङ । आखिर यहीँ आँख्यानकै बाटोमा नेम्बाङले आफ्नो राजनीतिकदको चोलालाई कहिल्यै, कसैको मानसपट्लमा नविर्सने गरी त्यो स्मृतिको डोवहरु छाड्दै विसर्जनगरी छाडी राखेर सदाको लागि अनन्त भए ।

अतः पछिल्लोपटक उनी आफ्नो पार्टी पङक्तिप्रति अलिक आक्रोशित देखिन्थे ं। जो उनको मन्तव्य र मिडियाहरुमा दिएको सिम्बोलिक विचारभाव शैलीहरुले विशेष अर्थ राख्थ्यो । मृदुभाषी नम्रशील मान्छेमा एक्कासी आक्रोश र आवेगको स्वरुपमा प्रकट हुनु उनको हकमा राजनीति सुखद थिएन नै । परन्तुः उनको माङगेन्ना चोत्लुङ भने बार-बार ढल्दै गइरहेथ्यो । तथापी उनी उठाउँने प्रयत्नमा भने तल्लीन थिएनै । दुर्भाग्य उनको त्यो माङगेन्ना उनै ओलीले कहिल्यै उठ्न दिएनन् । अन्तः आखिरी चरणमा उनको त्यहीँ राजनीति चोलाको माङगेन्ना यक ढलेसी नै, नेम्बाङको कायाचोला पनि सदा-सदाको लागि ढल्न पुग्यो । भनिन्छ हामीहरुको मुन्धुमी कर्म विधिमा कोही कसैको माङगेन्ना/शीर ढल्नु हुँदैंन । जान-अञ्जान बस् त्यस्तो हुन गयो भने, फेरि वहीँ मुन्धुमी विधि संस्कार मार्फत नै उसको माङगेन्ना उठाई दिने गरिन्छ । तर उठ्न नसके उसको जीवन प्रकृयाहरुमा अनेकन बाधा अड्चनहरु आउँछन् भन्ने गरिन्छ । त्यसैको कारणले ज्यानले परलोकको बाटो पनि रोज्न सक्छ भनिन्छ । कतै नेम्बाङको जीवन चोलाले पनि यहीँ बाटो त रोजेनन ? अतः यहीँ आफ्नो माङगेन्ना चोत्लुङ ढलेको आत्मा-पीडानुभावहरुको छट्पटावट र चिन्तैचिन्ताले अन्ततः ७१ बर्षे उनको जीवन चोलाले विश्राम लियो र कहिल्यै नझुल्किने गरी अस्तायो ।

राजनीति अग्लोकदप्रतिको दृष्टिकोण

नेपाली बाहुनवादी राजनीति सत्ताभोगमा एउटा अलग्गै अग्लो कद निर्माण र स्थापना गर्न सफल व्यक्ति हुन् सुचने. अर्थात सुवासचन्द्र नेम्बाङ । बामपन्थीधारबाट राजनीति यात्रा गरेका उनले समकक्षी नेताहरु भन्दा भिन्न जीवनशैलीमा आफूलाई उभ्याए । राजनीति भिड्मा अरुहरु भन्दा भिन्न र फरक देखिनु सक्नु चाहीँ उनको विशेषता थियो/हो । कम्युनिष्ट दलीय पार्टीहरुमा मात्र होईन, नेपाली सिंगो संसदीय राजनीतिमै उनी जत्तिको शालिन, भद्र, मृदुभाषि र सु-संस्कृत भएको नेता अन्य अरु नभएको ब्यक्तित्वको रूपमा उभ्याइएको छ ।
जो उनको असामयिक देहावसान क्षणको पोष्टमार्ट्मपछिको भिसेरा रिपोर्ट दिए/गरे जस्तै हो यो टिका टिप्पणीहरु । उनी सम्बद्ध पार्टीका नेता, कार्यकर्ता, लगायत शुभेच्छुक चिन्तकहरुले उनको मुक्तकण्ठले प्रशंसा औं तारिफहरुले अगाध श्रद्वाका साथ चुल्याएका छन् । जुन स्वभाविक नै पनि त हो । तथापी विपक्षी कित्ताका सत्ताभोगी नेताहरुले नै पनि नेम्बाङको उस्तै सम्मानार्थ श्रद्वाको तारिफहरु बेश्कनै घोप्ट्याएका छन् । हिजो प्रतिनिधि सभाको संसदमा पक्ष-विपक्षी ब्रेञ्चको कित्ताकाट्मा तँ तँ र मँ मँ गर्दै आइरहेका संसदहरु, आज उनको चोला मुर्दामा बदलिएपछि भने नेम्बाङका अनेकौं कयौं अवगुणहरुको अगाडि त्यहीँ गुणकारी स्वभाव र चरित्रले सबै गौण देखिए/बने । जो उनीहरुको टीका- टिप्पणीहरुले ती सबै अवगुणहरु पखाल्दै थिए । अन्तः श्रवण गर्दा र देख्ता त्यस्तै आत्माबोध गराउँथ्यो । हिजो सत्ताभोगमा पक्ष-विपक्ष हुदाँ/बन्दा तँ तँ र मँ मँ गरे । तर दुर्भाग्य आज उनीहरुबीच नेम्बाङको भौतिक शरीर केवल मुर्दामा लम्पसार हुँदै ंगर्दा भने, कतिले अन्तरमनबाटै अगाध श्रद्वाको समवेदनाहरु घोप्ट्याए त, कतिले केवल समवेदनामा गोहीको आँशुहरु तमोर नदी उर्ले जसरी तप्काई रहेको देखाई रहेथे, बरै..!

परन्तुः दुर्भाग्यबस् उनको अवसानले देशको राष्ट्रिय राजनीतिमा अपुरणीय क्षति पुगेकोछ । नेपाली राजनीतिमा उनको विरासत थाम्ने र मार्गदर्शनको रूपमा काँध थाप्न सक्ने त्यस्तो साहस र आँटीलो कद भएको अनुहारहरु देख्न सकिन्दैनन् । उनको दुई सन्तानमा (छोरा) त्यो राजनीति विरासतको जुवा, कतै थाम्लान् की ? भन्ने आड भरोषा राख्नु फरक कुराहरु हुन् । कान्छा छोरा सुहाङले आफ्नो बाबुको विंडो थाम्ने हो भन्नेमा यसो समवेदनामा अभिब्यक्त गरेको देखियो । आफ्नो बाबुको रिक्ततालाई परिपुर्ती गर्नपनि, राजनीतिमा आँउने छाँट भने देखाएछन् । उनको जेठा दाईमा (मिङ्सो) भने त्यो राजनीति सिग्नल देखिएन । आर्यघाट्मा बाबुको पार्थिव शरीर हार्दिक सम्मानार्थ लडिरहेकोताका, मिङ्सोले हजारौं मलामीहरुको भीड्मा आफ्नो असली विएफ. प्रहसन गरेथे । जुन आफ्नो बाबुको भावना र जीवनशैलीको विलकुलै विपरित थियो । जुन आहतपूणर् र खेदजनक भएथ्यो । जसको जति नै निन्दा र भत्र्सना ब्याक्त गरेपनि कमै हुन्थ्यो सायद । उनले आफै बाबुको विंडो थाम्न नसक्ने अग्निपरिक्षा दिएर पास गरिसके । कतै कान्छो छोरो सुहाङले बाबुको राजनीति विरासतको विंडो थाम्लान् की भन्ने झिनो अपेक्षा राख्न सकिन्छ ।

आफ्नो बाबुले राजनीतिमा कमाएको लोभलाग्दो प्रतिष्ठाको इमान र ईज्जत राख्नलाई राजनीति फिल्डमा उनको आगमन हुने इत्छाशक्ति देखाउनुलाई स्वागतयोग्यनै मान्नुपर्छ । तर उनै बाबुको जस्तो आफ्नो समुदाय र आम आदिवासी जनजातिप्रति हेर्ने दृष्टिकोण उस्तै अनुदार र उदासीन हुनु भएन । अब यो फेरि बाबुको पालाको समय र अवस्था रहेनन् । ता पनि आफ्नो बाबुको हुबहु ठ्याक्कै छायाँ-छविका रूपमा अनुशरण गर्नैपर्छ भन्ने छैन् । तर कतिपय आत्माबोध हुने विषयहरुमा भने अनुकरण गर्नु ज्यादै मुनासिफ नै हुनेछ । तथापी हिजो बाबुप्रति बढी राजनीति टिकाटिप्पणी र औंला उठाइएका विषयहरु उपर भने, मार्क पोईन्ट लगाउँदै पुनः सच्च्याउँदै र त्यसलाई सफार्दै लान सके बाबुकै पथ/पदयात्री बन्न सक्नेमा दुईमत नहोला सायद । सुहाङले आफ्नो बाबुको अनुशरण र अनुकरणलाई समय सापेक्ष बदल्दै अघि लैजान सके, भोलि उनी नेम्बाङको विरासत बोक्न सक्ने संवाहक नेताको रूपमा राजनीतिमा सफलताको छलाङ मार्न सक्छन् । सुहाङलाई अग्रिम सफलताको भारी शुभकामना पनि छ ।

टुङग्याउँनीमा अन्तिमपटक सम्झिनुपर्दा

नेम्बाङमा थोरै अवगुण र धेरै गुणहरु थिए, देखिन्थे । राजनीति व्यक्तिमा धेरै अवगुणहरु किन नदेखिउन् ? तर एउटै सुन्दर गुणमात्र देखिए, उसको सयौं अवगुणहरु पखालिन्छन् । मतलव ती अवगुणहरुले मुक्ति प्राप्त गर्छन् । नेतालाई सफेद र निष्कलंक देखाई दिन्छन् । तर अध्यात्मकवादी चिन्तकहरुको हकमा ठीक राजनीति नेताको विपरित लागू हुनेछन् । हजारौं गुणहरु किन नहौउन ? तर मात्र एउटै अवगुण दोष देखियोस्, उसको त्यो हजारौं गुणहरु सबै मर्छन् । गुणकारी त्यो अध्यात्मकवादी मान्छे, भोलिबाट मान्छे हुनुको अस्तित्वबाट सदाको लागि पतन हुने गर्छन् । हो राजनीति गर्ने मान्छे र अध्यात्मकवादी मान्छेहरुबीच यहीँ फरक र भिन्नता देखिने हो ।

नेम्बाङको कायाचोला उठ्दैगर्दा जनसमुदाय माँझ देखिएको उनको राजनीति यात्राको टिकाटिप्पणीको साराँसभाव यहीँ थियो । जब उनले संयोग अनन्त मार्ग रोजे, तब उनको राष्ट्रिय स्तरमा कहिँकतै अवगुणहरुको राजनीति टिकाटिप्पणीहरु भएनन्/सुनिएनन् । चाहे त्यो उनको विपक्षी कित्ताको राजनीति नेताहरुले होस् या विग मिडिया हाउसहरुले होस्, यिनीहरु कोही कसैले नेम्बाङको अवगुण र विवादास्पद विषयहरु एकरत्ति उप्काएनन् । फेरि हुँदै नभएका भने रत्ति होईन । केही गल्ती त्रुटीहरु थिए नै । अपितुः भन्न चाहेनन्, उनको सुन्दर मानवीय गुण र ब्यबहारको कारण, ती सबै गौण बने, देखिए । सो समवेदना भावहरु शुभेच्छुक जनसमुदायले ब्यक्त गरेको सुन्न, देख्न र पाउँन सकिन्थ्यो । खैरः सामाजिक संजालहरुमा भने उनीप्रति तारिफ, प्रशंसा, आरोप-प्रत्यारोपहरु सहितको टिकाटिप्पणीहरु उतिकै पोखिएको थियो । जुन उनीप्रति हेरिने र बुझ्ने मानवीय तथा राजनीति दृष्टिकोणहरु फरक-फरक हुन सक्छन । तापनि नेपाली राजनीति इतिहासमा आफ्नो देहत्यागपछि, सिंगो देश र आम-जनसमुदायलाई स्तब्ध तथा शोकमग्न बनाएथे ।

उनको समवेदनामा नरुने आँखाहरु थिएनन् सायद । जुन त्यो उनीप्रतिको अशिम श्रद्वाको प्रेम र हार्दिकपूणर् सम्मानार्थ अब्यक्त प्रफुस्टिकरण पनि हो । राजनीति यात्रामा सबै बाजीहरु जित्न सके, नसके पनि सफल असफल बनेपनि आम नेपाली माँझ् आफ्नो छुट्टै राजनीति पहिचानको आईडिन्टिटी/परिचय बाँडेर आफ्नो जीवनको अध्याय सदाको लागि बन्द गरेर गए । जो करौडौं नेपालीजनको आस्था र मनमा श्रद्वापुर्वक सदा-सर्वदा बाँचिरहन सफल भए/बने । उनको यो आफैमा राजनीति सफलताको ऐतिहासिक विजय हो । भनिन्छ, नेपाली बाहुनवादी राजनीति सत्ताभोगमा नेम्बाङ आँखामा राखेपनि नबिझाउँने लालगेडी जस्तै नेता थिए । जो यो नेताहरुको बग्रेल्ती भिडहरुमा ऊनी जस्तो नेता भेट्न, विरलै र दुर्लभ मानिन्छन् ।

पुनश्चः विशेष ध्यानाकर्षण चाहीँ यो कलमी हस्ताक्षरले केही समय अघि उनै नेम्बाङप्रति दिएको अभिब्यक्तिको भिडियो क्लिप्सले सामाजिक संजालमा अनेकन क्रिया प्रतिक्रियाहरुको टिका टिप्पणी र आलोचक साथै समर्थकहरु सबैलाई एकसाथ उभ्याएको थियो । जो अभिव्यक्ति गत १० भदौ, झापाको दमक पशुहाटस्थित किरात भवनमा किरात याक्थुङ चुम्लुङको ३५ औं सप्ताह ब्यापी स्थापना दिवसको पहिलो शुभराम्भ कार्यक्रमको शत बार्षिकी उत्सवलाई शुभकामना मन्तब्य दिने क्रममा दिइएको सम्बोधन थियो त्यो । जुन सम्बोधन गरेको १६ दिनपछि संयोग भनौं, दुर्भाग्य उनको देहान्त भएकोथ्यो । उसो त उनी ओली भन्दा अघि नै उनको चोला उठ्छ भनेर गत संघीय (४ मंसिर) निर्वाचनताका इलाम क्षेत्र न.-२ को विभिन्न गाउँठाउँहरुमा उहीँ सम्बोधनकै क्रमहरुमा बोलेथें । जुन भिडियो क्लिप्सहरु यदाकदा हेर्न, देख्न सकिनेछ । सो उनी चाँडै मरिहालुन्, मरेकै जाति हुन्छ भनेर सत्तोश्राप गरिएको भने रत्ति होइनन् । यसको आशयताथियो की, नेम्बाङको माङगेन्ना चोत्लुङ/शीर ढलेको देखिन्थ्यो । यो याक्थुङ/लिम्बू समुदायको सभ्यता र संस्कारमा कोही कसैले केही कामकाज गर्दा होस् या कहीँ कतैबाट आफ्नो नाधाम्मा/शीर ढल्ने कार्य गरोस्, साथै गल्तीको एहेसास भए, उसको माङगेन्ना/शीर ढलेको उसको गतिविधिमा देखिएको फरकशैलीले आत्माबोध गराउँदछ । जो उसको आत्मा पीडानुभावहरुलाई बुझ्न उति गार्हो छैन/हुन्न । हो हामीहरुको मुन्धुमी सौन्दर्य दृष्टिकोणबाट उनलाई हेर्दा त्यस्तो लाग्थ्यो । त्यस्तो किन जोखाना आएथ्यो भने, ओलीले दुई पटक संसद भंग गरेयतादेखि नै उनको राजनीति पदोन्नतिको यात्राहरुमा शनैःशनैःओरालोतिर लाग्ने क्रममा देखिन्दोथ्यो । उनको बार-बार माङगेना चोत्लुङ ढल्ने क्रमले र उनको राजनीति मानहानीले उनी शारीरिक र मानसिक रुपले भित्र-भित्रै गल्दैगल्दै गइरहेका देखिन्थे/थिए ।

 

पछिल्लो पटकको अन्तिम निर्वाचन विजयीले उनको थोडिसी माङगेन्नामा उठेथ्यो । जसले केही राहत थपेथ्यो । यदि त्यो चुनाव पनि हारेको भए, उनको तत्कालै हर्ट्ट्याक हुन सक्थ्यो । जुन निर्वाचनको मतगणनालाई प्राविधिक रूपमा नेम्बाङलाई जिताइएको थियो/हो । यो मतगणना कार्य आफैमा जालीझेली नै गरेथ्यो । यो मुख्य दलीय पार्टीको शीर्ष नेताहरुकोबीच सेटिङ प्रकृयागतमा को ? कसलाई जिताउँने हो ? भन्नेमा मतगणनाको नतिजाहरु उसैको पोल्टामा राख्ने रछन् । अघिल्लो दोस्रो पटकको संविधानसभा निर्वाचनमा (२०७०) प्रचण्ड दुबै (काठमाडौ, सिराहा) क्षेत्रबाट हारेकै हुन् । तर, मधेस क्षेत्रबाट अन्त्यमा विजयी भएको घोषणा गरियो । अतः उनकै छोरी रेणु दाहाललाई नि पहिलोपटक (२०७३) चितवन, भरतपुर नपामा मेयर लड्दा हारेसी, मतगणना च्यात्तेरै धाँधली गर्न र फ्याक्न लगाईए । अनि पुनः मतगणना गर्न लगाएर निर्वाचन जितेको घोषणा गर्न लगाइयो । जो चुनावी परिणामहरु आम नेपालीजनले हङगेक्छा/ह्वाङ्गै देखेका छन् । उनले हामीहरुको याक्थुङ/लिम्बू समुदाय र आम-आदिवासी जनजाति र सिमान्तकृत वर्ग जातिको राजनीति अग्राधिकारप्रति उदासिन देखिन्दा र उपेक्षा गर्दाताकाको आक्रोश र आवेगताको सम्बोधन गरेकोथे ं। हो त्यो सामाजिक संजालमा भएको, देखिएको भिडियो क्लिप्सको सम्बोधनको दृश्य त्यहीँ थियो । जो नेम्बाङकोबारे चर्को आलोचनाको साथ, सार संक्षेपमा मात्र उनको खण्डन र ध्वज्जी उडाएथें । जो उनी वितेपछि त्यो भिडियो क्लिप्स बाहिर ल्याईयो । जसले उनको आम शुभेच्छुक र पार्टी समर्थक कार्यकर्ताहरु माँझ चित्त दुखाई र आक्रोश आएथ्यो ।

 

भारी दुःखका साथ भन्नुपर्छ, शत्रुको मृत्यु हुदाँ त उस्तै दुःख र मायाँ लाग्छ । अनि नेम्बाङ ढल्दा दुःख नलाग्ने भन्ने हुन्छ र ? अचानक उनी ढलेको सुन्दा भुइँचालो गएजस्तो फिल भएथ्यो र ला.भनेर बेश्कनै कराएथे ं। फरक यतिथ्यो की, गैर अन्य जातिले उनलाई नि तथानाम गाली गलौजहरु गर्दा पहिले दुख्ने हामीहरुलाई नै त हो । उहीँ देख्दा र सुन्दा न हो आफ्नाहरुले गाली गरेको हो । तर यतिचेन् बुझ्नै पर्छ की, त्यो गालीभित्र पनि कम्तिमा मायाँ र सम्मान त लुकेथ्यो र छ । गाली त आफ्नो मान्छे भएकोले न गरेको हो । आफ्नो देखे ठानेसी, उसले पनि आफ्नो मान्छेहरु भएको देख्नु ठान्नु पर्दैन ? भन्ने न थियो, हो । कोशी नामाकरण विरुद्ध लड्दै गर्दा, यिनी भने ओलीलाई बुईँमा बोकेर खिसिट्युरी गर्न र हामीहरुको अनुहार लोपार्न बालकोट दरबारदेखि यहाँसम्म आइपुगेथे । अन्तः उसबेला उनलाई आफ्नो भन्ठान्नु की शत्रु ? आफ्नो बनेर आत्मा बोकेर आएको थियो भने, के हुन्थ्यो र ? शत्रुवत भेषमा बाहुनवादीहरुको आत्मा ट्रान्सफर गरेर आएकोले न हो, उनीप्रति नफरत र आक्रोश बढेको हो । अनि न प्रदेश न.१ मा निषेधाज्ञा जारी लगाइएको हो । त्यतिकै उनलाई सत्तोंश्राराप गरेको हो र ? यी नेम्बाङ पहिलो संविधान सभाको (२०६५-६९) हत्या गर्ने नि यिनै थे ।

 

उनले आफ्नो आफू संविधानसभा अध्यक्ष हुनुको भिटो प्रयोग गर्ने अधिकार लिएको भए, उसैताक नयाँ संविधान जारी हुन सक्थ्यो । आज त्यो संविधान हुन्थ्यो भने, यी यसरी सडकमा जहिले पहिचानवादको आन्दोलनहरु गर्नु बाध्यता हुन्थेन । त्यो मानेमा त उनी झन् महा-आत्माघाति हत्यारा अपराधि जतिकै हुन् । अन्तः उनले यसरी चित्त दुखाएसी, मनै फटाएसी न ऊ हामीहरुको मान्छे भो, न त हामीहरुनै उसको मान्छे भयौं । न की हुनै सक्यौं । अन्ततः उनी लिम्बू समुदाय र आम आदिवासी जनजातिको हकमा, उहीँ बाह्र बर्षमा उन्यु फुल्यो,…! भने जस्तै न भए । बस्तुतः उनको मृत्यु हुँदा क्षणिक आवेगमा घोप्ट्याइएको समवेदना यति न थियो । तैपनि शत्रुवत ब्यबहार नै गरेनि,आफ्नो मान्छे हो भन्ने आत्मामा खिल नगाढिएको कहाँ हो र ? फिरः प्राकृतिक नियम हो की, यो सृष्टिको चराचर जगतमा आफ्नो अस्तित्वमा उभेका चेत-अचेत अवस्थामा सृजना र वीजाङ्कुरण भएकाहरु सबैको आ-आफ्नै बथान र समूह नै हुने गर्छन् । त्यो पशुपंछी, किराफटेङ्ग्रा हुन् या जुनसुकै बनस्पति बोट्विरुवाहरु किन नहौउन् । तिनको आफ्नो छुट्टाछुट्टै समूह हुन्छन् । त्यस्तै चेतनशिल मान्छेहरुमा समूहगत बसाई हुन्न भन्ने नि हुन्छ र ? यो देशमा दुई समूह न छौं । त्यो किरात र आर्यन न हौं/हुन् । जसले देशको सत्ता उपभोग गर्छन्,उसैले न सबभन्दा ज्यादात्तर उसैको समुदाय र समूहको विकास गर्ने हुन् । राजनीति सिद्धान्त त, यो सामान्य नीतिशास्त्र हो ।

 

अनि नेम्बाङ किरात आदिवासी मुलका ठुलो राजनीतिकद बोकेका लिम्बुको छोरा त हुन् नि । विडम्बना उनले आफ्नो समूह देख्न र ठान्न उचित मानेनन् । जो आफ्नो समुदाय नचाहिंने, तर चुनावमा तिनैको भोट/मत चाहिने र । अनि आफ्नो समुदाय/समूहलाई कति नि नगन्ने, घुलमिल गर्नसम्म अनुचित ठान्ने । बरु उतै आर्यन (बाहुनवादी) समूहमै आफ्नो रगतनै मिसाई दिए जसरी आफूलाई लेप्पासी दिएथे । एउटा राजनीति संगठनको बलमा, आफ्नो जातीय समुदायको अस्तित्वलाई अस्विकार गर्ने भन्ने नि हुन्छ र ? विडम्बना फेरि उनको पार्टीमा त, आर्यन समूह एकैठाँम छन् त । जवकी उनलाई फेरि तिनै बाहुनवादी नेताहरुले भित्तैमा पुग्नेगरी किकआउट हानेका होईनन् र ? तापनि त्यति गर्दा नि,उनको चेत भने खुलेन हौ । बरु उल्टै पहिचानवादी पक्षधरहरुलाई, जातिवादी राजनीति गरेको आँखाले पो हेरी रहेथे । अब भन्नोस् की, उनले त्यसरी हेरेसी, हामीहरुले उनलाई कसरी हेर्नुपथ्र्यो ? खैरः जे होस् नेम्बाङप्रति दिइएको अभिब्यक्तिले उनको शुभेच्छुक समर्थकहरुको आत्मा-सम्मानमा पर्न गएको अगाध चोटप्रति भने, आत्मालोचना सहित भारी दुःखका साथ क्षमायाचना नि चाहन्छु ।
फिरः अन्त्यमा, झीरमा उनिनु त्यो एउटा कुरा, पीरमा उनिनु त्यो बेग्लै कुरा, नरुने आँखा कस्को छ र ? आँशु झर्नु नझर्नु त्यो बेग्लै कुरा..! वरिष्ठ गायक आदरणीय दीप श्रेष्ठज्युले गाउँनु भएको प्रस्तुत कालजयी गीतको शब्दभावहरुको सापटी लिंदै, उनै सम्मानीय नेता नेम्बाङप्रति अगाध श्रद्वा सुमनका साथ भावपूणर् शब्द-श्रद्धाञ्जली तोम्मा गर्दछु ।

lojimaphago@gmail.com

(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको असोज अंकमा प्रकाशित लेख हो)

सम्बन्धित खवर