‘दशैं र तिहार’ लिएर आए शाहिल, सम्झना, तारा, योजना र डि.पी.(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘दशैं र तिहार’ लिएर आए शाहिल, सम्झना, तारा, योजना र डि.पी.(भिडियो सहित)

  • आन्छुमे नसान

असोज २३, काठमाडौं । गायक शाहिल लिम्बू, गायिका सम्झना योङहाङ, तारा लिङदेन र योजना राईको आवाजमा बिल्कुलै नयाँ गित ‘दशैं र तिहार’ सार्वजनिक गरिएको छ ।

गितकार डि.पी. खनालको शव्द तथा शाहिल लिम्बूको संगीतमा सजिएको आउँदै गरेको दशैं र तिहारको झल्को दिलाउने गित ‘दशैं र तिहार’को भिडियो सार्वजनिक गरिएको हो ।

बिसम आचार्यको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

बिष्णु चाम्लिङ राईको निर्देशन रहेको भिडियोमा गायक शाहिल लिम्बू, गायिका सम्झना योङहाङ, तारा लिङदेन र योजना राई, डि.पी. खनाल, दिप्सन लिम्बू र बिजय मगरको फिचरिङ रहेको छ ।

दामी क्रिएशनले तयार पारेको भिडियो गायक शाहिल लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर