माओवादी नेता आङ्बो र कांग्रेस नेता कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माओवादी नेता आङ्बो र कांग्रेस नेता कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

असोज २५, बिराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

बिहीबार साँझ प्रदेशसभामा रहेका सत्तारुढ गठबन्धन दलका प्रदेशसभा सदस्यहरुको समर्थनमा आङबो दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

आङबोलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन रहेको छ ।

यसैगरि नेपाली कांग्रेस नेता तथा प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी गरेका छन् ।

कार्कीले नेकपा एमालेका ३९ र उनकै दलको ८ जनाको सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।

सम्बन्धित खवर