छिकिन तामाङको अध्यक्षतामा जसपा इलामको पुनर्गठन - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

छिकिन तामाङको अध्यक्षतामा जसपा इलामको पुनर्गठन

असोज २६, इलाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल इलाम जिल्ला पुनर्गठन रुपान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

जसपा केन्द्रीय सदस्य तथा ईलाम जिल्ला इञ्चार्ज लोक सागर साम्बाको प्रमुख आतिथ्यमा शुक्रबार इलाममा सम्पन्न पुनर्गठन रुपान्तरण कार्यक्रमबाट छिकिन तामाङको अध्यक्षतामा २३ सदस्य जिल्ला समिति पुनर्गठन गरेको छ ।

जिल्ला समितको उपाध्यक्षमा धनसिंह राई र याम प्रसाद लिम्बू, सचिवमा सुवास राई चौरासे, उपसचिवमा खेमकुमारी राई (बिनु) र रोशन योङहाङ, कोषाध्यक्षमा राम लिङ्दम रहेका छन् ।

यसैगरि सदस्यहरुमा करसिंह राई, प्रकाशचन्द्र राई, बल बहादुर आङ्देम्बे, सरोज राई, गंगा सुनुवार, निमादोर्जे शेर्पा, कृष्ण खत्रि, रेनुका राई, सुरेन्द्र मोक्तान, मिलन सेरेङ लिम्बू, भानु राई, अर्जुन कुमार एक्तेन, राम कुमार राई, पूर्णचन्द्र फियाक, पुष्पा राई र दिवस साम्बा रहेका छन् ।

नवगठित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि लोकसागर साम्बाले गोप्यनियताको सपथ ग्रहण गराएका थिए ।

जसपा इलाम जिल्ला अध्यक्ष कमल चाम्लिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा ईलाम जिल्ला इञ्चार्ज लोक सागर साम्बा, जसपा केन्द्रीय सदस्य लासाङ तामाङ, प्रदेश नम्बर १ उपाध्यक्षद्वय प्रेम वनेम र दिपेश राई, जसपा प्रदेश नं. १ निर्वाचन प्रमुख विनोद नेम्बाङ, प्रदेश १ सदस्य लिला बहादुर सुनुवार, लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमाल, लिम्बुवान राष्ट्रिय समितिका सचिव संजय राई खेलकुद समितिका अध्यक्ष बिनु राई लगायतले शुभकामना राखेका थिए ।

जसपाले २०८० असार १० देखि १२ गतेसम्म विधान अधिवेशन सम्पन्न गरिसके पछि पारित विधान कार्यन्वयनको क्रममा प्रदेश समितिहरु रुपान्तरण सम्पन्न गरिसके पछि हाल जिल्ला समन्वय समितिहरुलाई जिल्ला समितिमा पुनर्गठन/रुपान्तरण गर्ने कार्यक्रमलाई तिब्रता दिइएको छ ।

कार्यक्रममा जसपा इलाम सचिव यामप्रासद लिम्बुको सञ्चालन रहेको थियो भने उपाध्यक्ष छिकिन तामाङले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित खवर