संयुक्त संघर्ष समितिद्वारा असोज २९ देखि अनिश्चितकालीन धनकुटा बन्दको घोषणा - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संयुक्त संघर्ष समितिद्वारा असोज २९ देखि अनिश्चितकालीन धनकुटा बन्दको घोषणा

असोज २७, इलाम । पहिचान आन्दोलनमा संलग्न भएकै कारण प्रहरीले गत असोज २५ गते घरैबाट पक्राउ गरेका धनकुटा चौबिसेका पहिचानवादी नेताहरु मनकुमार याम्फु, बुलन चेम्जोङ र सानु लिम्बुलाई असोज २८ गतेभित्र बिनासर्त रिहाई नगरे २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने घोषणा गरेको छ ।

आज शनिबार प्रदेश नंं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले पक्राउ गरेका तीनजनालाई नछोडे असोज २९ देखि अनिश्चितकालीन धनकुटा बन्द गर्ने चेतावनी दिएको हो । उनीहरुमाथि झुटो मुद्दा लगाइएको छ ।

समितिले आन्दोलन अनुरुप असोज २७ गते दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय राजारानी घेराउ गर्ने, असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गर्ने र असोज २९ गते सुनसरीको धरान–भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँथचरको ६ नं. बुधबारे–रवि, तेह्रथुम र भोजपुरबाट धनकुटा जाने सबै नाका बन्द गर्नेछ ।

असोज ३० गतेदेखि भने अनिश्चितकालका लागि धनकुटा जिल्ला बन्द गरिने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर