इक्साहाङको शव्द एकान्तको संगीतमा सुगमको ‘जाने भए जाउ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इक्साहाङको शव्द एकान्तको संगीतमा सुगमको ‘जाने भए जाउ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज २७, माङसेबुङ । गायक सुगम नेम्बाङको सुमधुर आवाजमा सजिएको गित ‘जाने भए जाउ’ सार्वजनिक गरिएको छ ।

गितकार इक्साहाङ चेम्जोङको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा सजिएको गित ‘जाने भए जाउ’ को भिडियो एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कैलाश केसीको निर्देशनमा राजा माबोको सहायक निर्देशन रेहेको भिडियोमा रोहित जोशी, सुनिता, कुमार जोशी र कृष्णको अभिनय रहेको छ ।

त्रिकोनात्मक प्रेम कथा प्रस्तुत गरिएको भिडियोमा मरुभूमि नारायणको छयांकन तथा रोशन धितालको सम्पादन र कलर रहेको छ ।

राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ योगेन मुकारुङले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर