माङसेबुङ इक्ला सिजन २ को अनलाइन अडिसन सुरु - Mangsebung News
  • मङ्गलबार, बैशाख १८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ इक्ला सिजन २ को अनलाइन अडिसन सुरु

कातिक २, माङसेबुङ । गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ लागि अनलाइन अडिसन सुरु भएको छ ।

आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले प्रतियोगितामा सहभागि हुन इच्छुक कलाकारहरुका लागि बुधबार सूचना सार्वजनिक गरेसँगै अडिसन सुरु भएको हो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहको अवसरमा माङसेबुङ इक्ला संस्करण २ गायन प्रतियोगिता कार्यक्रम आयोजना गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् ।

पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार माङसेबुङ इक्ला दुई वर्ष पहिले आयोजना गरिएको थियो र यसैलाई निरन्तरता दिन पुनः यस वर्ष पनि आयोजना गरिएको हो ।

आयोजकका अनुसार यस वर्ष प्रतियोगितामा सहभागि हुन इत्छुक कलाकारहरुले अनलाइन अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीत गाएर भिडियो रेकर्ड गरी आयोजकलाई वार्डसएप मार्फत भिडियो पठाउनु पर्ने छ ।

प्रतियोगीले पहिलो अडिसनमा कुनै म्युजिक ट्रयाक, वाद्यवादन सामग्री, माइक वा हेड्फोन प्रयोग नगरी गीत गाएर भिडियो पठाउनु पर्नेछ । भने, दोस्रो अडिसनमा म्युजिक ट्रयाकमा माइक वा हेड्फोन प्रयोग नगरी गीत गाएर भिडियो पठाउनु पर्नेछ ।

त्यसैगरी प्रतियोगीले तेस्रो अडिसनमा म्युजिक ट्रयाकमा माइक वा हेड्फोन प्रयोग नगरी गीत गाएर भिडियो पठाउनु पर्नेछ । प्रतियोगीले चौथो अडिसनमा म्युजिक ट्रयाकमा माइक वा हेड्फोन प्रयोग गर्न पाएपनि इको साउण्ड प्रयोग नगरी गीत गाएर भिडियो पठाउनु पर्नेछ ।

प्रतियोगिले अनलाइन पहिलो चरणका लागि आगामी कार्तिक १५ गते दिनको ४ बजेभित्र Whatsapp Number 9815975302 मा भिडियो पठाउनु पर्ने छ ।

माङसेबुङ इक्ला प्रतियोगितामा सहभागिहरुलाई पहिलो, दोस्रो, तेस्रो र चौथो अडिसन अनलाइन मार्फत लिइने छ । प्रतियोगीले चार चरणसम्मको अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीतमा स्थायी र अन्तरासम्मको समय–परिधिमा गीत गाएर भिडियो पठाउनु पर्ने छ ।

प्रतियोगिहरुमध्ये चार चरणको अनलाइन अडिसन पार गरी सेमीफाइनलमा पुगेका उत्कृष्ट ८ प्रतियोगिहरुले माङसेबुङमा आयोजना हुने सेमीफाइनलमा प्रतिस्पर्धा गर्ने किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो सचिव सुवास गुरुङले बताएका छन् ।

प्रतियोगिताको सेमीफाइनल आगामी मंसिर १८ गते साँझ हुने छ भने, फाइनल मसिंर १९ गते साँझमा आयोजना हुने आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले जनाएको छ ।

प्रतियोगिताको आयोजना व्यवस्थापन किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो माङसेबुङ इलामको रहेको छ भने, मूल आयोजकको रुपमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह रहेको छ ।

सम्बन्धित खवर