एकान्तको संगीतमा मुना ठटालको ‘आमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकान्तको संगीतमा मुना ठटालको ‘आमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक २, माङसेबुङ । गायिका मुना ठटाल सरगमको आवाजमा सजिएको आमा प्रति समर्पित मर्मस्पर्शि गित ‘आमा’ सार्वजनिक गरिएको छ ।

एउटा सन्तानको लागि आमाले गरेको त्याग र बलिदानको बयान गर्दै आमा प्रति अगाध स्रद्धा अर्पण गरिएको गितको शव्द गितकार मदन माबोको रहेको छ भने संगीत गायक तथा संगीतकार एकान्त आङदेम्बेको रहेको छ ।

जीवन बायुङको निर्देशनमा अर्जुन खड्कीको छायांकन रहेको भिडियोलाई चित्र मिडियाले सम्पादन तथा तयार पारेको छ ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका छन् ।

चित्र मिडियाको पोष्ट प्रडक्शन रहेको भिडियो गायक एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर