राजु र निरन्ताको पुर्वेली भाका ‘मलाया हङकङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजु र निरन्ताको पुर्वेली भाका ‘मलाया हङकङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ३, माङसेबुङ । गायक तथा संगीतकार राजु आङदेम्बे र गायीका निरन्ता नेम्बाङको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाका ‘मलाया हङकङ’ सार्वजनिक गरिएको छ ।

गितकार एस.पी. निङलेकुको शव्द संकलन तथा राजु आङदेम्बेकै लय संकलन रहेको लोक भाका ‘मलाया हङकङ’को भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

हङकङमा छायांकन गरिएको भिडियोमा बिक्रम गुरुङ(ज्याप स्टुडियो)को छायांकन, पर्वत गुरुङको ड्रोन तथा कृष्ण थलङको सम्पादन रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियो र स्काई प्रडक्शन(हङकङ)मा रेकर्ड गरिएको गितको रेकर्डिङ सुरेश राईले गरेका हुन् भने मिक्सिङ राजु कार्कीले गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर