सबिना योङहाङको ‘याक्थुङमा चेलि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सबिना योङहाङको ‘याक्थुङमा चेलि’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ३, माङसेबुङ । सुमधुर आवाजकी धनी गायिका सबिना योङहाङ लिम्बूको आवाजमा सजिएको बिल्कुलै नयाँ गित ‘याक्थुङमा चेलि’ सार्वजनिक गरिएको छ ।

गितकार बिष्णु किरातीको शव्द तथा गायक तथा संगीतकार शाहिल लिम्बूको संगीतमा सजिएको गित ‘याक्थुङमा चेलि’को भिडियो सार्वजनिक गरिएको हो ।

पालाम, हाक्पारे र ख्याली गाउँदै हिडेकीं सत्रथुमकी याक्थुङमा चेलिको सुन्दरीको वयाण गर्दै लिम्बू संस्कृति र भेषभुषा झल्किने शव्दभाहरु समाबेश गरिएको भिडियोमा गायिका सविना योङहाङले नै फिचरिङ गरेकी छन् ।

किरण राईको छायांकन तथा सम्पादनमा सरोज खालिङको सहायक छायांकन रहेको भिडियोमा मोहन सुनारको मेकअप रहेको छ ।

देबेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङमा क प्रडक्शनले तयार पारेको भिडियो गायिका सबिना योङहाङ लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर