एस.पी. को शव्दमा, इन्द्रशुसिल र जुनीको ‘इन्टरनेटको कमाल’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एस.पी. को शव्दमा, इन्द्रशुसिल र जुनीको ‘इन्टरनेटको कमाल’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक ६, माङसेबुङ । गायक इन्द्रशुसिल लिम्बू र गायिका जुनी खालिङ राईको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘इन्टरनेटको कमाल’ सार्वजनिक गरिएको छ ।

गितकार एस.पी. निङलेकुको शव्द तथा इन्द्रशुसिल लिम्बूकै संगीतमा सजिएको पुर्वेली लोकभाका ‘इन्टरनेटको कमाल’ को भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा सिमिक्लुङ दर्पणको प्रस्तुति रहेको गित किङग् स्टुडियोमा रेकर्ड गरिएको हो ।

सुमन योगीको निर्देशनमा डि.बी. लिम्बूको छायांकन तथा सम्पादन र मदन कुमार लिम्बूको कलरिङ रहेको भिडियोमा इन्द्रशुसिल र जुनीले नै फिचरिङ गरेका छन् ।

भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर