कुम्मायकमा जसपाको कार्यकर्ता भेला सम्पन्न - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायकमा जसपाको कार्यकर्ता भेला सम्पन्न

कातिक २०, कुम्मायक । कुम्मायक गाउँपालिकामा जनता समाजवादी पार्टीले गाउँपालिका स्तरीय कार्यकर्ता भेला कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

सो कार्यक्रममा जसपा कुम्मायक गाउकार्य समितिले पहिचानको आन्दोलनलाई सशक्त रूपमा उठाउन साथसहयोग दिनुपर्नेमा जोड दिइएको थियो ।

उक्त कार्यक्रममा प्रदेश नम्बर १ को पुनः नामाङ्कनको बिषयमा सङ्युक्त संघर्ष समिति र किरात याक्थुङ चुम्लुङ्को चलायमान गतिविधि अनि जनता समाजवादी पार्टीको भुमिका बारे छलफल भएको थियो ।

जसपा नेपाल पार्टीको बिधान अनुसार सङ्घियता सहितको पहिचान मुख्य एजेन्डा भएका कारण समाज रुपान्तरणका लागि अब गाउगाउ बाट जनता समाजवादी पार्टीले जनजागरण अभियान तिब्र बनाउन कन्जुस्याइँ गर्नु नहुने बताइएको थियो ।

प्रदेश नम्बर १ को पुनः नामाङ्कनको आन्दोलनले कुम्मायक गाउपालिकामा सोचेजस्तो गति लिन नसकेको गुनासो किरात याक्थुङ चुम्लुङ्का संयोजक पदम सुखी सम्बाहाम्फेले बताए । कोशी नाम खारेजी लिम्बुवान किरात नामाङ्कन लेखनको बिषयमा पहिचानवादीको माग र आवाज राज्य सम्यन्त्र सम्म सबै मिलेर दबाब दिइनुको विकल्प नभएको पनि सम्बाहाम्फेले बताए ।

केन्द्र प्रदेश हुँदै स्थानीय स्तरमा एमाले र काङ्ग्रेस पार्टीले गरेको भ्रष्टाचार अनियमितताको रवैयालाई टोलटोल बाट खबरदारी जाहेर गर्दै सङ्घियता लोकतन्त्र धर्मनिरपेक्षतालाई थप मजबुत सस्थागत गर्नुपर्ने कार्यक्रममा जोड दिइएको थियो ।

कुम्मायक गाउँपालिकाको कार्यलयमा कर्मचारी तन्त्र हावी हुनु जिम्मेवार जनप्रतिनिधिले जनताको समस्या हल गर्न नसक्नुले अब कुम्मायक गाउँपालिकामा गठबन्धन तोडिने सङ्केत जसपा नेपालले गरेको छ । सङ्घियता तुहाउन एमाले काङ्ग्रेस र माओवादी पार्टी भित्र व्हिप जारी भइसकेको जनता समाजवादी पार्टी जिल्ला कमिटी सदस्य सुर्यदिप सम्बाहाम्फेले बताए ।

सङ्घियताले देश कहिलै कम्जोर नहुने बरु सङ्घियताले सबै जाति बर्ग र सम्प्रदायको हकाधिकार सुनिश्चित गर्ने लिम्बुवान राष्ट्रिय समिति सदस्य जकेन्द्र लावतिले बताए । एकात्मकवादी सोच र चिन्तन भएका यी तीन दलका निर्वाचित जनप्रतिनिधिहरुले कुशल सुशासन जनतालाई प्रत्याभूत नगराएको उनले गुनासो गरे ।

पालिका भित्रका हरेक जनताका समस्या स्वास्थ्य शिक्षा जस्ता संबेदनसिल बिषय नागरिकको पहुँच सम्म पुर्याउन जसपाका निर्वाचित जनप्रतिनिधिको भुमिकाले मात्र सम्भव हुने बताइएको छ । स्थानीय स्तरमा धर्म निरपेक्षता सङ्घियता र लोकतन्त्रको मर्म सस्थागत गराउन जनता समाजवादी पार्टीको नेतृत्व बिना सम्भव नहुने कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष देवेन्द्र लावती वडा सदस्य इन्द्रकला लावती किरात याक्थुङ चुम्लुङका पुर्व केन्द्रिय सदस्य गणेश चेम्जोङ, बिर्ख सम्बाहाम्फे, सुनिता लावति लगायतको उपस्थिति रहेको थियो भने कुम्मायक गाउपालिका जसपा गाउकार्य समिति अध्यक्ष तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर