रमेश र मनकुमारको ‘निस्सेहाङमा महागुरु फाल्गुनन्दको जीवनी’ पुस्तक बिमोचित - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रमेश र मनकुमारको ‘निस्सेहाङमा महागुरु फाल्गुनन्दको जीवनी’ पुस्तक बिमोचित

कातिक २१, माङसेबुङ । लेखक तथा खोज अन्वेशकद्वय रमेश तुम्बापो र मनकुमार फेजङद्वारा लेखन, संकलन तथा सम्पादन रहेको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जीवनी र माङसिवाखाहुनहरु समावेश भएको पुस्तक ‘निस्सेहाङमा महागुरु फाल्गुनन्दको जीवनी’ पुस्तक विमोचन गरिएको छ ।

सोमबार पन्थरको फिदिम नगरपालिका ५, स्थित महागुरुको तपोभूमि लब्रेकुटीमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि किरात प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिचन्द्र लावती, पुस्तकका लेखक तथा संकलकद्वय रमेश तुम्बापो र मनकुमार फेजोङले संयुक्तरुपमा पुस्तक विमोचन गरिएको हो ।


सत्य, तथ्य साथै जिवित चेलाहरुको अन्र्तवार्ताबाट तयार पारिएको पुस्तक विमोचन पश्चात सो पुस्तकमाथि पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुङ्गाना, सहायक प्रध्यापक मधुराज केरुङ र शिक्षक अबोध आङ्बुहाङले समीक्षा प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि लावतीले महागुरुमा इश्वरीय रूपको प्रधानता रहेको भन्दै उहाँ जस्तो बहुआयामिक व्यक्तित्वका बारेमा बोल्न गाह्रो हुने धारणा राखे ।

पुस्तकको टिप्पणी गर्दै वक्ताहरुले खोजपूर्ण पुस्तकमा महागुरूबारे प्राथमिक स्रोतका आधारमा महत्वपूर्ण जानकारी र तथ्यांक समावेश भएको बताएका थिए । फल्गुनन्दको सैन्य जीवन बारे पुस्तकमा उजागर हुन नसक्नु खड्किएको पक्ष रहेको उनीहरुको भनाइ थियो ।

बटम टु टपको ढाँचामा लेखिएको जीवनीमा महागुरु फल्गुनन्दका विभिन्न आयाम बारे चर्चा गरेका थिए भने उहाँको दर्शनलाई विश्वभर फैलाउन आवश्यक रहेको जनाएका थिए । पुस्तकमा व्याकरणीय पक्ष सुधार गर्नुपर्नेमा समिक्षकहरुले जोड दिएका थिए ।


तुम्बापो सेवा समाजका अध्यक्ष धनराज तुम्बापोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिदिम नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भरत तुम्बापो, पाँचथर जिल्ला समन्वय समितिका सदस्य लेन्जो यक्पाङ्देनलगायतले शुभकामना व्यक्त गरेका थिए ।

किरात धर्मसँग सम्बन्धित विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिहरुको समेत उपस्थिति रहेको कार्यक्रममाको सञ्चालन सुबास तुम्बापो काङसोरेले गरेका थिए ।

सम्बन्धित खवर