लोकेन साँबा निर्देशित लिम्बू सँस्कृतिमा आधारित चलचित्र ‘सुगुप’को प्रिमियर हुने - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लोकेन साँबा निर्देशित लिम्बू सँस्कृतिमा आधारित चलचित्र ‘सुगुप’को प्रिमियर हुने

कातिक २१, काठमाडौं । निर्देशक लोकेन साँबाद्वारा निर्देशित लिम्बू कथानक चलचित्र ‘सुगुप’को प्रिमियर हुने भएको छ ।

याक्थुङ (लिम्बू) जातिको सुत्केरीमा मृत्यु हुँदा नाम दिइने सुगुपको कथामा निर्माण भएको चलचित्र चिनियाँ नयाँवर्षमा हङकङ, सिक्किम र काठमाडौंमा प्रिमियर हुने भएको हो ।

शुक्रबार अनामनगरस्थीत सिलौटो रेष्टुरेन्टमा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोबिन्द आङ्बुङको प्रमुख आतिथ्यतामा प्रदर्शन मिति घोषणा भएको हो ।

११ फेब्रुवरी २०२४ आईतवारको दिन बेलुकी ५ र ७ बजे गरेर दुई पटक गोल्डेन हार्वेष्ट सिनेमा (GH Wampoa) मा प्रदर्शन हुने सुगुपको प्रदर्शनी आयोजक एभरेष्ट रकस्केप प्राली हङकङको तर्फबाट रबिन कुमार नाल्बोले जानकारी दिएका छन् ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भारतको असम, मकवानपुरको चित्लाङ र काठमाडौंमा छायांकन गरिएको चलचित्र ‘सुगुप’ हङकङमा एकैदिन ४ वटा हलहरुमा प्रदर्शन हुने भएको हो ।

हङकङमा रहेका सम्पुर्ण लिम्बू थरगत संस्था याक्थुङ सयङहरुको सह आयोजना रहने उक्त चलचित्र सोहिदिन काठमाडौं स्थित बिग मूभिजमा पनि विशेष प्रदर्शनी हुने भएको छ । यसैगरि ११ फेब्रुवरी २०२४ आईतवारको दिन सिक्किममा समेत विशेष प्रदर्शनी हुने भएको छ ।

कार्यक्रममा नेपाल प्रहरीका नायव प्रहरी महानिरिक्षक डिआइजी चन्द्रकुबेर खापुङ, आदिवासी जनजाति चलचित्र महासङ्घका अध्यक्ष पुर्खाजीत राई, निर्माता तथा समाजसेवी तारादेवी लिम्बु, समाजसेवी पुर्ण सेलिङ, गायन समाज ताप्लेजुङका उपाध्यक्ष सुसन साम्सोहाङ, याक्थुङ युथ एसोसियन अध्यक्ष भीम लिम्बु, साँवा मिङ्स्रा सङ्चुम्भोका कोषाध्यक्ष धनजित साँवा, निर्देशक दिनेश लिङ्देन हाङ् चेम्जोङ अतिथि रहेका थिए ।

कार्यक्रम कलाकार यासेली योङहाङको सन्चालन र निर्माता सैलेन्द्र कुमार नाल्बो लिम्बुको सभापतित्वमा सम्पन भएको थियो ।

चलचित्रमा प्रेम सुव्वा, मौसम इम्बुङ(फुलेन्देको बाउ), बबिता नेयोङहाङ लिम्बू, यासेली योङहाङ, डम्मरकुमारी पयाङगु लिम्बू र रुकमान लिम्बूको अभिनय रहेको छ ।

 

सम्बन्धित खवर