बिक्रमद्वारा निर्देशित यादनको तिहार गित 'लारिङ्गे' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रमद्वारा निर्देशित यादनको तिहार गित ‘लारिङ्गे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक २७, काठमाडौं । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा बलिहाङ तङनाम विशेष गित ‘लारिङ्गे’ सार्वजनिक गरिएको छ ।

तिहारको अवसर पारेर सार्वजनिक गरिएको गित ‘लारिङ्गे’मा गायक तथा संगीतकार यादन सेर्मा नुनाम र गायिका थाङगुरी लाआोती आवाज रहेको छ ।


अम्मर तुम्याहाङको शब्दमा यादनकै संगीत रहेको भिडियोमा मिना नेम्वाङ, युगल योङहाङ, एम.के. योङहाङ र राजकुमार लिम्बूले अभिनय गरेका छन् ।

बिष्णु आङबुहाङ तथा दिनेश माङमुको कोरियोग्राफीमा ज्ञानु श्रेष्ठको मेकअप तथा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा अनिल थोप्रा प्रडक्शन मेनेजर रहेका छन् ।

मनि ताम्लिङको संगित संयोजनमा ओपेरा स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियो यादन सेर्मा लिम्बू अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर