देउकृष्णको निर्देशनमा बिमला र जान अभिनित 'भुईँ सोरी' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्णको निर्देशनमा बिमला र जान अभिनित ‘भुईँ सोरी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

कातिक २७, काठमाडौं । कलाकार तथा निर्देशक देउकृष्ण लिंखा याक्खाको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको बिल्कुलै नयाँ गित ‘भुईँ सोरी’ सार्वजनिक गरिएको छ ।

गीतकार तथा समाजसेवी  पद्मा लिंखा मगरको शब्द सिर्जना तथा बरिष्ठ संगीतकार शान्तिराम राईको संगीतमा गायिका अनु चौधरी र गायक न्युसन राईको आवाज रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित ‘भुईँ सोरी’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

याक्खा जातिहरुको पहिचान, कला र संस्कृतिलाई उत्कृष्ट ढंगबाट उजागर गरिएको भिडियोमा सुरेश राईको कोरियोग्राफी रहेको छ ।

बिमला खजुम लिम्बू र जान राना(सन्जिव) को अभिनय रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन तथा सम्पादन, कृष्ण सुवेदीको मेकअप र डि.एन.एक्स. हाङगामको ड्रोन तथा भि.एफ.एक्स. रहेको छ ।

देवेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा योगेन ुकारुङ राईले रेकर्ड गरेको गितको भिडियोमा केई लाक(च्याब्रुङ) दिनेश देवानको रहेको छ ।

यस्तै साङ्गदाङाराङमा लाक (डाेकेनी)को सल्लाहकारको रुपमा इन्दीरा जिमी र गाेमा याक्खा जिमी रहेको भिडियो पद्मा लिंखा मगरको अफसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर