देउकृष्णको निर्देशनमा रेखा र सुकचन्द्र अभिनित 'यो जुनी' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्णको निर्देशनमा रेखा र सुकचन्द्र अभिनित ‘यो जुनी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर १, काठमाडौं । कलाकार तथा निर्देशक देउकृष्ण लिंखा याक्खाको निर्देशनमा मर्मस्पर्शी गित ‘भुईँ सोरी’ सार्वजनिक गरिएको छ ।

गीतकार खिर बहादुर ताम्ली लिम्बूको शब्द सिर्जना तथा संगीतकार रुपक जिमी याक्खाको संगीतमा गायक राजेश पायल राई र गायिका शान्ति श्री परियारको आवाज रहेको बर्षौसम्म परिवन्दमा परि भेट हुन नसकेका चेली र माईतीको पिडा प्रस्तुत गरिएको ‘यो जुनी’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

तिहारको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा रेखा लिम्बू र सुकचन्द्र थापाले अभिनय गरेका छन् ।

सुजन श्रेष्ठको छायांकन, कलर तथा सम्पादनमन कृष्ण सुवेदीको मेकअप र डि.एन.एक्स. हाङगामको ड्रोन रहेको भिडियोमन नुमा माबुहाङ लिम्बू, अजय जिमी याक्खा, रबि किरण मादेन, रेनुका गुरुङ, खिर बहादुर ताम्ली लिम्बू, सीता ताम्ली लिम्बू, संगीता ताम्ली लिम्बू र सुबास श्रेष्ठले समेत अभिनय गरेका छन् ।

सजेष्ट घायल उदासी पायल कला निर्देशक तथा प्रडक्शन कन्ट्रोलर रहेको भिडियोमा बाल कलाकारद्वय लुङमा ताम्ली लिम्बू र कुहिनुर ताम्ली लिम्बूले समेत अभिनय गरेका छन् ।

महाराज थापाको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गितको मिक्सिङ मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्ट प्रा. लि.को प्रस्तुति रहेको भिडियो नोभाईस अर्टस् अफसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस..

सम्बन्धित खवर