दिनेशको निर्देशनमा शाहिल र मिन्छामाको ‘यो जीवन तिम्रै जिम्मा भो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा शाहिल र मिन्छामाको ‘यो जीवन तिम्रै जिम्मा भो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर ४, माङसेबुङ । निर्देशक दिनेश माङमुको निर्देशनमा गायक शाहिल लिम्बू र बाल गायिका मिन्छामा राईको सुमधुर आवाजमा मनछुने गीत ‘यो जीवन तिम्रै जिम्मा भो’ सार्वजनिक गरिएको छ ।

गायक शाहिल लिम्बू कै शब्द तथा संगीतमा सजिएको मनछुने गीत ‘यो जीवन तिम्रै जिम्मा भो’ को भिडियो सार्वजनिक गरिएको हो ।

हेमन तामाङको छायांकन, ड्रोन, सम्पादन र कलरमा निश्चल कुलुङ राईको आर्ट र अशोक मण्डलको मकेअप रहेको भिडियोमा आशिस लिम्बू र मिरा फियाकले अभिनय गरेका छन् ।

विषम आचार्यको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

कोशी भिजन फिल्मस्को पोष्ट प्रडक्शन रहेको भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर