- आन्छुमे नसान
मंसिर ५, माङसेबुङ । याक्थुङ (लिम्बू) संस्कृतीमा आधारित नेपाली कथानक चलचित्र ‘युक्पुङ’(बस्ती) को फस्ट लुक सार्वजनिक गरिएको छ ।
थुप्रै म्यूजिक भिडियोको निर्देशन तथा चलचित्रहरुमा सहायक निर्देशन गरिसकेका कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको डेब्यू निर्देशन रहेको चलचित्र ‘युक्पुङ’(बस्ती) को फस्ट लुक मंगलबार सार्वजनिक गरिएको हो ।
चलचित्रमा युक्पुङ अर्थात एउटा गाउँको बस्तीको कथालाई उजागर गरिएको निर्देशक दिनेश माङमु लिम्बूले बताए ।
सहरबाट पढाउनलाई गाउँ बस्ती आएका शिक्षित युवक(शिक्षक) जो मात्रृभाषा नबुझ्ने, पालाम नबुझ्ने र गाउँ बस्तीमा हुर्केकी अनपढ तर मात्रृभाषामात्र बुझ्ने पालाम गाउने, मौलिक संस्कुतिको मोह भएकी युवतीबिचको प्रेममा आईपर्ने समस्या र त्यसपछिको संघर्षको रोचक कथा पस्किने प्रयास गरेको निर्देशक माङमुले बताए ।
मौलिक संस्कार संस्कृति र शिक्षाको महत्व दर्शाउन खोजिएको चलचित्रमा यासेली योङहाङ, कबिता आले, कुसल थलङ, सेसेमा सेन्दाङ(कमला), मदन वनेम, डि.बी. लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टि.आर. सेनेहाङ र रबि किरण मादेन लगायतले अभिनय गरेका छन् ।
बिष्णु मोक्तान र मदन वनेमको पटकथा तथा नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा(सियेम), इन्दु लाओती र ममता यक्सो निर्माता रहेको चलचित्रमा रविन्द्र बरालको छायांकन, राजु घिमिरेको मुख्य सहायक निर्देशन, तरा शर्माको मेकअप, मदन वनेमको शव्द तथा यासेली योङहाङ र मदन वनेमको संगीत रहेका छ ।
नोगेन अग्र्यानिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रको पोष्ट प्रडक्शन तथा सम्पादनको काम अन्तिम चरणमा पुगेको र चाडैं नै पदर्शन गर्ने तयारी रहेको समेत निर्देशक माङमुले बताए ।