पूर्वी स्टार गायन प्रतियोगिता हुदै, मंसिर २५ बाट अनलाइन आबेदन सुरु - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पूर्वी स्टार गायन प्रतियोगिता हुदै, मंसिर २५ बाट अनलाइन आबेदन सुरु

मंसिर ६, तेह्रथुम । नेपालमा संचालन भईरहेका ठुल्ठला गायन प्रतियोगिताको पहुचमा नपुगेका प्रतिभाहरुको लागी ‘पुर्वी स्टार गायन प्रतियोगिता’ संचालन गरिने भएको छ ।

कतै हराएका, कतै ओझेलमा परेका प्रतिभाहरुको लागि अवशर बनाउने लक्ष्यका साथ ‘पुर्वी स्टार गायन प्रतियोगिता’ संचालन गरिएको हो ।

हाङ अनलाईन म्यूजिक प्रा.लि. द्वारा आयोजित पूर्वी स्टारको अडिसन पुस १ गतेबाट सुरु हुने र अनलाईन आवेदन भने मंसिर २५ गतेसम्म लिईने आयोजकले जनाएको छ ।

ईच्छुकले सहभागिताको लागि आवेदन WhasApp नं. +9779842426206 वा +9779869755255 मा दिनसक्नेछन् । सहभागिताको लागि आवेदन शुल्क रु.१००० / लाग्ने र सो रकम आयोजक कम्पनीको क्यू. आर.मा जम्मा गरि शुल्क तिरेको स्कृनसर्ट पठाउनुपर्ने हुन्छ । पहिलो चरणको अडिसन अनलाईन मार्फत हुने छ र अडिसनका लागि WhasApp नं. +9779842426206 वा +9779869755255 मा गित गाएर भिडियो पठाउनुपर्ने आयोजकले जनाएको छ ।त्यसैगरि India को लागि सम्पर्क +917679622985 मा गर्न सकिने छ ।

पहिलो अडिसनबाट छनौटमा परेका सहभागिले दोस्रो चरणको लागि ट्राकमा गित गाएर भिडियो अनलाईन मार्फत नै पठाउनु पर्ने र त्यस मार्फत पनि छनौैटमा पर्ने सहभागीले सुनसरीको धरानमा आई प्रत्यक्ष सहभागिता जनाउनुपर्ने छ ।

पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्रि १ थान, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । यसैगरि द्धितियले नगद १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तृतियले नगद ५० हजार, ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् ।

तेस्रो चरण देखि प्रत्येक लाईभ राउण्डका उत्कृष्टले एक/एक थान गिटार प्राप्त गर्नेछन् ।

पोस्टर सार्वजनिक गर्ने बित्तिकै अत्याधिक रुचाईएको यस स्टारको निर्णायक मण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा संगितकार खगेन्द्र यक्सो र गायक कुसल थलङ रहेका छन् ।

पूर्वी स्टारमा संसार भरका नेपाली गित संगित ईच्छुकले सहभागिता जनाउन पाउनेछन् ।

 

सम्बन्धित खवर