विश्वमा अशान्ति बढ्दै जाँदा शान्ति गराउने सूत्र किरात धर्ममा छ : अङसीमाङ आत्मानन्द सेइङ - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वमा अशान्ति बढ्दै जाँदा शान्ति गराउने सूत्र किरात धर्ममा छ : अङसीमाङ आत्मानन्द सेइङ

मंसिर ११, माङसेबुङ । किरात धर्मावलम्बीहरु एकता भएपछि मात्र सबै ज्ञान विवेक दिन मिल्ने किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूले बताउनु भयो ।

‘तपाईहरुको हाङथिम माङथिम, ज्ञान विवेकको भाग्य आएको छ, चिन्नुहोस् ।’ अङसीमाङज्यूले भन्नु भयो, ‘जबसम्म एकता हुनुहुन्न तबसम्म सबै ज्ञान विवेक दिन मिल्दैन् ।’

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको आयोजनामा विश्व शान्ति, मानव एकता, सकल प्राणी लगायत चराचर सृष्टि जगतको रक्षार्थ सावायेहाङ मुवेक्वा आप्लुङ्गेन ताङसेप चोमेन सेवा नु गुरुकूल परिवार माङगेन्ना सेवा समापन कार्यक्रममा आशीर्वचन दिनु हुँदै अङसीमाङज्यूले सो कुरा बताउनु भएको हो ।

माङ चोत्लुङ हाङ चोत्लुङ पाउनका लागि एकता हुनुपर्ने बताउनु हुँदै, वहाँले भन्नु भयो, ‘किरात धर्म भविष्यमा संसारभरका मान्छेले मान्ने धर्म दर्शन हुनेछ ।’ विश्वमा हत्या हिंसा र अशान्ति बढ्दै गएपछि शान्ति गराउने सूत्र किरात धर्म दर्शनमा मात्र रहेको सुनाउनु हुँदै वहाँले थप्नु भयो, ‘त्यो सूत्र महागुरु फाल्गुनन्दज्यूले हामीलाई दिइराख्नु भएको छ ।’

विश्वको गति राम्रो नरहेको संकेत गर्नुहुँदै अङसीमाङले आशीर्वचनमा भन्नु भयो, ‘विनाशकारी भूकम्प, महामारी रोग व्यधिहरुबाट जोगिन सबैले माङमा सेवा गरौं । माङले चाहेमा यो संसारलाई एक सेकेण्डमा ध्वस्त हुन्छ । यसबाट जोगिन माङसेवा गर्नुपर्छ ।’

कार्यक्रममा प्रमुख अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ रहनु भएको थियो । भने, कार्यक्रममा निजी प्रवक्ता डिल्लीराम चाम्लीङ लगायत विभिन्न राजनीतिक, धार्मिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको आयोजनामा सप्ताहव्यापी सावायेहाङ येत् नाम्धुङ लाधुङसेमी सेवा आयोजना गरिएको हो ।

बर्षेनी आयोजना गरिदै आएको सेवा यस बर्ष मंसिर ५ गते सुरु गरी मंसिर १० गते आइतबार गुरुकूल परिवारज्यूहरुको माङगेन्ना, जोगीदान तथा मुहिङगुम अङसीमाङज्यू तथा मुहिङगुम अङसीमामाङज्यूहरुको हस्तबाहुलीबाट दानवीर तथा दानभेटी दाताहरुलाई आशीर्वाद, फूलमाला तथा सम्मान र अमृतमय आशीर्वचन कार्यक्रमसँगै समापन गरिएको हो ।

सो सेवा निजी गुरु आश्रम माङसेबुङ गाउँपालिका ५, सुभावारी, लारुम्बामा अवस्थित किरातेश्वर सिद्ध हाङ्साम माङहिममा सञ्चालन गरिएको हो । विश्व शान्ति मानव एकता तथा चराचर सृष्टि रक्षार्थ निजी गुरु आश्रम माङसेबुङ गाउँपालिका ५, सुभावारी, लारुम्बामा अवस्थित किरातेश्वर सिद्ध हाङ्साम माङहिममा सञ्चालन गरिएको हो ।

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको आयोजनामा विश्व शान्ति, मानव एकता, सकल प्राणी लगायत चराचर सृष्टि जगतको रक्षार्थ सावायेहाङ मुवेक्वा आप्लुङ्गेन ताङसेप चोमेन सेवा नु गुरुकूल परिवार माङगेन्ना सेवा शनिबार सम्पन्न गरिएको छ ।

आइतबार गुरुकूल परिवारज्यूहरुको माङगेन्ना कार्यक्रम र जोगीदान गरिएको थियो । भने मुहिङगुम अङसीमाङज्यू तथा मुहिङगुम अङसीमामाङज्यूहरुको हस्तबाहुलीबाट दानवीर तथा दानभेटी दाताहरुलाई आशीर्वाद, फूलमाला तथा सम्मान समेत प्रदान गरिएको छ ।

सप्ताहव्यापी सेवा अन्तर्गत मंसिर ६ गते बुधबार (काईसो पिल्याम चोमेन) गोठ पूजा सम्पन्न गरिएको छ । भने, बिहिबार साक्मुरा वदेम्मा (गालिश्राप वहन्ती) पछि सावायेत् वरक माङ ताम्भुङ तेत्ला पुङकुदाप (देवि देउराली) सेवा भएको थियो । ८ गते शुक्रबार सावायेत् नाम्धुङ लाधुङसेमी सेवा र शनिबार विविध सेवा गरिएको आयोजक समितिले जनाएको छ ।

यसरी सम्पन्न सप्ताहव्यापी सेवाको आयोजना गुरु निजी आश्रम कृषि समिति र गुरु निजी आश्रम कृषि तथा भौतिक पूर्वाधार निर्माण आर्थिक व्यवस्थापन समितिले गरेको थियो ।

सम्बन्धित खवर